0 COMMENTS

काठमाडौं३१ जेष्ठ – लगातार एनसेलको बेस स्टेसनमा रहेका टावरमाथि आक्रमण गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आफ्ना कार्यकर्तामाथि दमन भए प्रतिरोध गर्ने चेतावनी दिएको छ । सोमबार अपरान्ह पार्टी महासचिव विप्लवले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर यस्तो चेतावनी दिएका हुन् ।

 

उनले भनेका छन्, ‘हामी तिम्रा जस्तो सुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौं । किनकी यो तिम्रो बेइमानी गद्दारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका विश्वासघातीहरु हामीले तिमीले पनि राम्रोसँग चिनेका छौं । याद गर दमन भए प्रतिरोध हुनेछ।’

गृहमन्त्री शक्ति बहादुर बस्नेतले विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको अर्को दिन विप्लवले आफ्नो प्रतिक्रिया बाहिर ल्याएका हुन् । गृहमन्त्री बस्नेतले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रलायमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिने विप्लवका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएका थिए ।

एनसेलको टावरमा आगजनी गरेको आरोपमा म्याग्दी प्रहरीले सोमबार विप्लव माओवादीका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।आइतबार साँझ जारी विज्ञप्ति अनुसार शनिवारदेखि विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पु¥याएको एनसेलले जनाएको छन् । यसले biplav-status-1करिब ५ लाख ५० हजार नागरिकलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको कम्पनीले बताएको छ ।

विप्लव माओवादीका कार्यकर्ताले शनिबार मध्यराती नुवाकोटस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजनको शाखा कार्यालयमा आक्रमण गरेको थियो । त्यसअघि उनीहरुले सिन्धुपाल्चोकमा रहेको सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण गरेका थिए । आफ्ना कार्यकर्ताहरुको रिहाईको माग, कालोबजारी र भ्रष्टाचारको विरुद्धमा विप्लव माओवादीले जेठ २७ गते नेपाल बन्द गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।