0 COMMENTS

नरी बडु/जेठ ३१, बैतडी । जिल्लाको तल्लादेही गाविस वडा नं. ९ धारीका ८४ वर्षिय बृद्ध अजी धामीको हत्यामा संलग्न दुई आरोपीलाई प्रहरीले आज गिरप्तार गरेको छ ।

हिजो आईतबार गते राती करीब ८ बजेको समयमा मदीरा सेवन गरी वृद्धको हत्यामा संलग्न तल्लादेही गाविस वडा नं. ९ धारीकै २९ वर्षिय जयबहादुर धामी र सोही ठाँउकै २० वर्षिय हीरा धामीलाई प्रहरीले जेठ ३१ गते बिहान निवासबाटै गिरप्तार गरेको जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोखरेलले बताए ।

जेठ ३० गते राती मदीरा सेवन गरी विवाद हुदा उनीहरुले बृद्धलाई कुटपीट गरी हत्या गरेको प्रहरी श्रोतको भनाई छ । हत्यामा संलग्न भनिएका जयबहादुर धामी अजी धामीका आफ्नै छोरा हुन भने हीरा धामी छिमेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।