0 COMMENTS

Add-of-Baburamकाठमाडौं, ३१ जेठ । मिडिया मार्केटिङमा एउटा हल्ला छ, ‘कान्तिपुरका मालिकको बाबुको श्रद्धाञ्जली छाप्दा पनि ज्याकेट एडको चालिस लाख लिन्छन्’ । हल्लाकै बीचमा आईतबार विहानै गोरखा पत्र बाहेक हरेक ब्रोडसिट दैनिकको पहिलो पृष्ठ सँधैभन्दा भिन्न रंगले भरियो । त्यो न कुनै नयाँ मोबाईलको ब्रान्ड थियो नत कुनै बजारको नयाँ ‘प्रडक्ट’ । त्यो त नयाँ राजनीतिक ‘प्रडक्ट’ पो थियो त जो आईतबारबाट औपचरिक रुपमा नयाँ शक्ति नामक पार्टी भएको छ ।

रातो रंगीन पर्दामा सेता तारा सहित बाबुराम भट्टराईको कालो स्केचमा लेखिएका आर्थिक विकासको नारामा जेठ ३० गते कार्यक्रममा आउँन सर्वसाधरणलाई आव्हान गरिएको थियो । त्यसको पछाडी नयाँ शक्तिका केही प्रतिनिधी एजेन्डाहरु थिए । जसलाई विज्ञापनको भाषामा ‘ज्याकेट एड’ भनिन्छ ।

आईतबार विहानै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा ‘पत्रिका आफै बोल्छ’ भन्दै विभिन्न ९ दैनिक पत्रिकामा आएको आफ्नो तस्विर सहितको विज्ञापन पोस्ट गरे । उनको फेसबुक पोस्टमा ‘ पत्रीका हैन करोड बोलेको हो ।दूतावास को भारु बोलेको हो’ अधिकांश प्रतिक्रिया यस्तै थिए । नयाँ शक्तिले यसरी विज्ञापन प्रकाशन गरेपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । ‘नयाँ शक्तिले ब्रोडसिट दैनिकहरुमा यसरी विज्ञापन गर्यो, मानौं नयाँ शक्ति कुनै पार्टी होईन । भर्खरै बजारमा आएको सस्तो गुणस्तरहीन चाउचाउ हो, जसको बजारमा प्रवर्दन अनिवार्य छ । नत्र विक्दैन । यसअघि नयाँ शक्तिको पक्षमा वकालत गर्दै आएका पत्रकार कुसुम भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

सामाजिक सञ्जालमा यस्ता प्रश्न उठाउनेहरुमो भिड निकै बाक्लो छ । तर, एउटा यक्ष प्रश्न भने अनिवार्य गर्न सकिन्छ, आर्थिक पारदर्शिताको नारा लगाउँदै आएको नयाँ शक्तिलाई यत्तिका रकम कहाँबाट आयो ? दैनिक पत्रिकाको पहिलो पृष्ठका विज्ञापन निकै महँगो छ । कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रतिसेन्टिमिटर एक कोलमको ३४ सय रुपैयाँ पर्छ । कान्तिपुरको पुरै पृष्ठ ४ सय सेन्टिमिटरको छ । तपाईं आफै हिसाब गर्नुहोस् एक पृष्ठमा मात्रै कति खर्च भयो होला ? तर, आईतबारको पत्रिकामा एक पेज होईन दुवै पेजमा विज्ञापन छापिएको छ । जसलाई ज्याकेट एड भनिन्छ । एक विज्ञापन एजेन्सीले हामीलाई उपलब्ध गराएको केही दैनिक पत्रिकाको ज्याकेट एड को मुल्य सुची यस्तो छ ।

राजधानीबाट निस्कने दैनिकहरुमा लाग्ने ज्याकेट एडको मुल्य यस्तो छ
कान्तिपुर दैनिक : रु. २० लाख
नागरिक दैनिक : रु. १४ लाख
नयाँ पत्रिका राष्ट्रिय दैनिक : रु. १० लाख
अन्नपूर्ण पोस्ट दैनिक : रु. १२ लाख
काठमान्डु पोस्ट : रु. १० लाख
द हिमालयन टाईम्स : रु. १६ लाख
नेपाल समाचार पत्र : रु. १२ लाख
कारोबार दैनिक : रु. १२ लाख
राजधानी दैनिक : रु. १० लाख
आर्थिक अभियान : रु १२ लाख

कूल जम्मा एक करोड २८ लाख

नयाँ शक्ति के भन्छ ?
रंगशालामा नयाँ शक्ति नेपालNaya-sakti-page पार्टी घोषणा सभामा बोल्दै संयोजक बाबुराम भट्टराईले आर्थिक पारदर्शिता नै नयाँ शक्तिको मूल मन्त्र भएको बताए । आईतबार विहानैको ‘ज्याकेड एड’ काण्डले भने उनकै भनाईलाई गिज्जाइरहेको थियो ।
त्यसो त नयाँ शक्ति नेपालले शनिबार खर्च विवरण सार्वजनिक गर्दै प्रचार प्रशारमा मात्रै कूल ३७ लाख खर्च भएको सार्वजनिक गरेको थियो । तर, आईतबार विहानैको ‘ज्याकेट एड’को शूल्क भने छुट्टै प्रचार शूल्क हो की भन्ने भान हुन्छ ।

नयाँ शक्ति नेपालका एक केन्द्रीय परिषद् सदस्यले आफूहरुले मिडियासँग सहयोग लिएको बताएका छन् । ‘आजको विज्ञापनमा हामीलाई मिडिया मालिकहरुले सहयोग गरेको हो,’ उनले भने, ‘कतिपय मिडिया मालिकलाई ठूलै प्रेसर परेको छ ।’ राजधानीबाट प्रकाशित हुने नेपाल समाचार पत्रका प्रकाशकलाई पनि निशुल्क विज्ञापन प्रकाशन गर्न अनुरोध गरिएको थियो तर, उनले अस्विकार गरेको बताइएको छ । न्युज कान्तीपुर 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।