0 COMMENTS

sexकाठमाडौं, २६ जेठ । हालै टर्कीको एक क्लीनिक अफ अङ्कारा ट्रेनिङ एण्ड रिसर्च इन्टिच्युटले गरेको एक अध्ययनले हप्तामा तीन देखि चार पटकसम्म यौनसम्पर्क गरेमा मृगौलामा हुने ५–६ मिलिमिटरसम्मकाे पथ्थरीबाट छुटकारा पाइने तथ्य देखाएकाे छ ।

इन्टिच्युटको युरोलोजी विभागले ७५ जना (जसमा मृगौलामा पथ्थरीको समस्या थियो) लाई अलग–अलग समूहमा विभाजन गरिएको थियो । पहिलो समूहका ३१ जनालाई हप्तामा तीन देखि चार पटक सम्म यौन सम्बन्ध राख्न भनिएको थियो । दोस्रो समूहमा गरिएको अध्ययनले २१ जनालाई चिकित्सकहरुले थम्सुलोसिन (एक औषधी जुन चाँडो–चाँडो पिसाब लाग्दा दिइन्छ ) लिनको लागि सल्लाह दिएका थिए । जबकी तेस्रो समूहअन्तर्गत अनुसन्धान गरिएका २३ जना भने दक्ष चिकित्सकद्वारा उपचार गरिरहेका थिए ।

दुई हप्तापछि पाइएको रिपोर्ट अनुसार पहिलो सेक्स ग्रुपका ३१ मध्ये २६ जनामा पथ्थरीे भएको पाइएको थियो । दोस्रो समूहका थम्सुलोसिन लिएका २१ मध्ये १९ जनाले राहत पाए । र, तेस्रो समूहमा रहेका जो उपचार लिइरहेका थिए २३ मध्ये ८ जनाले राहत पाउन सके ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।