काठमाण्डाै, २९,जेष्ठ / गत साल बैशाख १२ गते गएकाे माहा भूकम्पमा भत्कियका घर हरूकाे भग्नावशेष भित्र पुरियकाहरूकाे उध्दार गरेर कयाै काे ज्यान बचाउन सफल हुनु भएका खप्तडी बस्नेत कुलका सदस्य सशस्त्र प्रहरीबलका प्रहरी इन्सपेक्टर लक्षमण बस्नेत सम्मानीत हुनु भएकाे छ ।
खप्तडी बस्नेत कल्याणकारी काेष र खप्तडी बस्नेत एकिकृत समितीकाे अायाेजनामा डील्लबजारकाे भाेजन गृहमा अायाेजना भएकाे उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी गृहमन्त्री शक्तिबहादुर बस्नेत ले सशस्त्र प्रहरीबलका प्रहरी इन्सपेक्टर लक्षमण बस्नेतलाइ सम्मान गरेका हुन ।भुकम्पमा अाफ्नाे जीउज्यानकाे सम्म पर्वाह नगरी भुकम्पले क्षती पुर्यायकाे भग्नावशेषमा पुरीएका नेपाली हरूकाे उद्धारमा अहाेरात्र खटेर कयाैकाे उद्धार गर्न सफल हुनुहुने लक्ष्मण बस्नेतकाे राष्ट्रिय तथा अन्तराष्ट्रियमा चर्चा भएकाे थीयाे ।
यसै गरी भुकम्पमा परेका घाइते हरूकाे निशुल्क उपचार गर्नु हुने समाज सेवी सम्राटसिंह बस्नेत तथा प्रेश चाैतारी नेपाका नवनिर्वाचीत अध्यक्ष गणेश बस्नेत पनि सम्मानीत भएका थीए ।कार्यक्रमा गृहमन्त्री शक्ति बस्नेतले इन्स्पेक्टर लक्ष्मण बस्नेतले गरेकाे कार्यकाे प्रशंसा गर्नु भएकाे थीयाे ।कार्यक्रम पर्यटन ब्यबशायी भरत बस्नेत काे सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा पूर्व राज्यमन्त्री शिबकुमार बस्नेत, वरिष्ठ पत्रकार माथवर सिंह बस्नेत लगायत खप्तडी बस्नेत हरूकाे उल्लेखनीय उपस्थीती थीयाे भने उक्त अबसरमा खप्तडी बस्नेत काठमाण्डाै जील्ला समीती काे पनी गठन गरीएकाे थीयाे ।