0 COMMENTS

pokhara_tourवासिङ्टन डिसी, २९ जेठ । विश्व प्रसिद्ध फोर्व्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ ।

फोर्व्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो ।

विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोर्ब्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले बताए ।

खरेलले भने, ‘अमेरिकाका मध्यमवर्गका लागि यो महत्वपूर्ण सूचना हुन सक्छ । यसरी पोखरा सूचीकृत हुनु आफैँमा नेपालको पर्यटन प्रचार पनि हो ।’

उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा नेपालको पोखरामा बस्न सकिने उल्लेख गरेको छ । सोसँगै २१ स्थानलाई पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रको रुपमा फोव्र्सले सूची निकालेको छ । यी २१ स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।