0 COMMENTS

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् ।

केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालेपछि उनी तनावमा परेका हुन् ।

पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले किशोरसिंह राठौंर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

यो मनोनयनसँगै पराजितहरुले दबाब बढाएको देउवानिकट एक नेताले बताए । अब ११ सदस्यको मनोनयन गर्न बाँकी छ । देउवा निकट स्रोतका अनुसार ११ मध्ये ६ सिटमा तत्कालै मनोनयन गर्ने योजनामा देउवा रहेका छन् ।

त्यससँगै ४२ वटा विभाग प्रमुख मनोनयान गर्ने तयारीमा देउवा रहेका छन् । यता देउवालाई केन्द्रीय सदस्यमा पराजित भएकाहरुलाई पुनः मनोनित नगर्न दबाब दिएका छन् । केही नेताहरुले भने पराजित भएकाहरुलाई मनोनयन गर्ने परम्परानै भइसकेको भन्दै मनोनयन गर्न सकिने सुझव दिएका छन् ।

२५ औं स्थानमा आउन नसकी केही चर्चित अनुहारसमेत महाधिवेशनमा पराजित भएका थिए । राजधानी दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।