0 COMMENTS

11062016085702euro-1000x0जेष्ठ २९, २०७३- डिमिट्री पयेटले खेलको अन्त्यतिर गरेको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले युरो २०१६ मा विजयी सुरुआत लिएको छ । युरो २०१६ को समूह ‘ए’ को खेलमा आयोजक फ्रान्सले रोमानियालाई २-१ ले पराजित गर्‍यो । खेल सुरु हुन अगाडि स्टेड डे फ्रान्सको वरीपरी कडा सुरक्षा व्यवस्था अपनाइएको थियो ।

मैदानमा भने फ्रान्सले ५७ औं मिनेटमा ओलिभर गिरोडको गोलले अग्रता लिएको थियो । त्यसका लागि पयेटले नै पास उपलब्ध गराएका थिए र गिरोडले हेडबाट बललाई जाली चुमाए । तर बोगडन स्टान्कुले त्यस लगतै पेनाल्टीबाट बराबरी गोल फर्काए । प्याटि्रक एभराले निकालाय स्टान्कुमाथि डरलाग्दो फल गरेपछि रोमानियाले पेनाल्टीको अवसर पाएको हो ।

खेल सकिन एक मिनेट अगाडि वेस्ट ह्यामका प्ले मेकर पयेटले लामो दूरीबाट सुन्दर गोल गरे र फ्रान्सलाई तीन अंक दिलाए । यस जितले फ्रान्सले प्रतियोगिताको उपाधिका अरु दुई प्रमुख दावेदार जर्मनी र स्पेनसँगै बलियो चुनौती पेस गर्न सफल रह्यो । फ्रान्सेली व्यवस्थापक डिडिएर डेसक्याम्पले पयेटको गोलले फ्रान्सलाई ठूलो राहत पुगेको थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।