0 COMMENTS

 

gyanendra-duewaकाठमाण्डाै२८,जेठ२०७३/रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।पीडित १५ परिवारले बिहीवार आयोगमा उजुरी दिँदै स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन् । सम्बन्धित जिल्लाबाट वा अन्य कुनै माध्यमबाट भएपनि आयोगमा उजुरी गर्न सकिने व्यवस्था भएपनि पीडितहरु स्वयं आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गरेका हुन् । पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका अलावा कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा । चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेललगायत विरुद्ध जाहेरी दिएका हुन् ।

 केही दीन अगाडी मात्र पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका थीए  स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत  ज्ञानेन्द्र र सभापति देउवालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको थीयाे । माओवादी केन्द्रका किराँतीले पूर्वराजा ज्ञानेन्द्रमाथि किटानीसहित छानविन गरी कारबाहीको माग राखेर उजुरी दिएका थए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।