0 COMMENTS

जेठ २८, काठमाडौं । तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन् ।

दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई नजिक्याउने कसरतमा लागेका हुन् । यसका लागि नयाँ शक्तिका नेता एवं पूर्व सभासद रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएको दाबी स्रोतको छ ।

राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य भेटवार्ता गर्दै आएका छन् । ललितपुरमा एक समर्थकको निवासमा बस्दै आएका राउतलाई नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेका छन् ।

भट्टरार्इ आफू संवैधानिक समितिको सभापति रहेका बेला सीके राउतलाई नेपालबाट तराई टुक्राउन जनमतसंग्रहको व्यवस्था राख्नु पर्ने अभिव्यक्ति रेकर्ड गराइका थिए । राउतलाई स्थापित गर्न भट्टराईको ठूलो हात रहेको मानिन्छन् । भट्टराई प्रधानमन्त्री छँदा राउत अमेरिकाबाट नेपाल आई रातारात मधेसको राजनीतिमा प्रवेश गरेका हुन् । -अन्नपूर्ण पोस्ट दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।