0 COMMENTS

काठमाण्डाै, २६ जेठ – नेपाल उसु सङ्घका चार पदाधिकारी दक्षिण एसियाली उसु महासङ्घको विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् ।

श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण एसियाली उसु महासंघको कोंग्रसबाट उसु संघबाट चार पदाधिकारी महासंघमा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल उसु संघका अनुसार महासंघको कोंग्रेसबाट वीरबहादुर तामाङ उपाध्यक्ष, दीपक लामा कोषाध्यक्ष तथा राजिव महर्जन र प्रताप थापा सदस्यमा चयन भए । उसु संघको वर्तमान कार्यसमितिमा तामाङ सह–अध्यक्ष, लामा र महर्जन उपाध्यक्ष तथा थापा सचिव छन् ।
त्यस्तै काठमाडौं जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षक कुमार दाहाल प्राविधिक कमिटीको उपाध्यक्ष तथा उसु संघका उपाध्यक्ष चन्द्र तामाङ ट्रेडिसनल उसु कमिटीको सदस्यमा चयन भएको उसु संघले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।