0 COMMENTS

जेठ २७, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।विप्लब नेतृत्वको माओवादीका कार्यकर्ताले बन्दको क्रममा साझा बसमा तोडफोड र राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने  राजधानीमा बन्द गराउँदै हिडेका दुई दर्जन बढी कार्यकर्तालाई काठमाडौंको बिभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

बन्दका कारण काठमाडौंसहित देशका अधिकांश जिल्लामा सवारी आवागमन ठप्प भएको छ । उपत्यकामा पनि बन्दका कारण छिटपुटमात्रामा मात्रै गाडी चलेका छन् ।उपत्यकाको विभिन्न स्थानमा बन्दकर्ताहरुले करिव डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेका छन् । बन्दकर्ताहरुले गोगंबु, महाराजगंज, चाहविल, तीनकुने र भक्तपुरमा गरी डेढ दर्जन गाडीमा तोडफोड र आगजनी गरेको हुन् ।

शान्तिपूर्ण नेपाल बन्द कार्यक्रमलार्इ अटेर गरेर गाडी चलाउने कसैलार्इ पनि नछोडिने विप्लव माओवादीले बताएकाे छ । तर आजको नेपालबन्दमा भने प्रेस, शववाहन, कुटनीतिक र अत्यावश्यक विरामीका गाडीबाहेक कुनै पनि गाडीहरु चल्न नदिने विप्लब माओबादीले जनाएको छ ।

विप्लव माओवादीले पक्राउ परेका कार्यकर्ताको रिहाई गरिनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै आज बन्दको आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।