आफैलाई भुलेर माया गर्नेहरु धेरै हुन्छन्।माया गर्नेहरुको जीवन एकप्रकारको मिठासपूर्ण वातावरणले भरिएको हुन्छ । माया बसेपछि उमेरको खासै कुनै महत्व हुदैन । यो कुराको पुष्टि समाजका केही यस्ता व्यक्तिहरु जो आफुभन्दा जेठी महिलाहरुसँग सम्बन्ध गास्न मन पराउनेहरुको सख्यांले गर्छ ।
पुरुषलाई आफुभन्दा जेठी महिलाहरु मन पराउने कारण महिलाहरुको परिपक्कता नै हो । उनीहरुलाई धेरै कुराको राम्रो ज्ञान हुने भएकोले पनि पुरुषहरु जेठी महिलाप्रति बढी आकर्षित हुने गरेको पाईन्छ । आफूभन्दा कान्छी महिलाहरुमा हुने कम परिपक्कताका कारण असमझदारी बढी हुने हुदाँ सम्बन्ध लामो समय नटिकेको पाइन्छ ।
जेठी महिलाहरु ज्यादा केयरिङ, सम्झौता गर्न सक्ने, कुरा बुझ्ने र सबै कुरामा समझदार हुन्छन्।
दिनभरको कामले बढी थकान लाग्ने गर्छ । तर यस्ता कुराहरु ह्याण्डल गर्न परिपक्कता भएका महिलाहरु सफल हुन्छन् । पुरुषहरुलाई भावानात्मक सहयोग दिनमा उनीहरु निकै सफल रहेको पाइन्छ । इमोशनल कुराहरुदेखि आर्थिक कुराहरुमा पनि उनीहरु सन्तुलन गरेर अगाडि बढ्न मदत गरेको पाइन्छ ।
यसैगरीयौन जीवनमा पनि उनीहरुमा त्यत्तिकै परिपक्कता रहेका हुन्छ । यस कारण पनि पुरुषहरु आफुभन्दा जेठी महिलाहरु बढी मन पराउने गरेको पाइएको छ ।एजेन्सी ।