0 COMMENTS

जेठ २६ | मनोज भुजेल/इटहरी-नेपाल प्रहरीमा जागिर लगाइManju-Sardarदिन्छु भन्दै बिभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य मन्जु सरदार पक्राउ परेकी छिन ।

‘नेपाल प्रहरीको खास मान्छे हुँ, जागीर खान मिलाउनु पर्छ’ भन्दै इटहरी ४ बस्ने तारा लिम्बुबाट एक लाख पचाँस हजार रुपयौ ठगेको आरोपमा सरदारलाई इलाका प्रहरी कार्यालय इटहरीले इटहरीबाट पक्राउ गरेको हो ।

नाम निकाल्नु भन्दा अगाडी एक लाख र नाम निकालेपछि ५० हजार दिनु पर्छ भन्दै सरदारले लिम्बुबाट रकम ठगेको आरोप लागेको छ ।
नाम निकाल्न नसकेपछि लिम्बुले आफनो रकम फिर्ता दिन आग्रह गरेकी थिइन् । तर सरदारले रकम फिर्ता गर्न आनाकानी गदै आएको पीडितको भनाई छ । यस्तै सरदारले इटहरी ४ बस्ने लक्ष्मी लिम्बुबाट पनि ‘प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ६० हजार’ रकम ठगेके आरोप लागेको छ । पीडितहरुले इलाका प्रहरी कार्यालय इटहरीमा आफुहरु ठगिएको जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले सरदारलाई पक्राउ गरि ठगी सम्बन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान थालेको जानकारी दिए । डिएसपी अधिकारीले प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम माग्नेहरुबाट सचेत रहन आग्रह समेत गरेका छन ।

यस अघि पनि यस्तै प्रकरणमा एक नेता पक्राउ परेका थिए । पछि नयाँ शक्तिले उनलाई निलम्वन गरेका थियो ।

लागुऔषध कारोबारी पक्राउ

त्यसैवीच लामो समय देखी लागुऔषध कारोबारमा संलग्न सुनसरी धरान १५ बस्ने पूर्ण बहादुर खड्का पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले खड्काको साथबाट बिभिन्न प्रकारका ५२ थान लागुऔषध सहित इटहरीबाट पक्राउ गरेको हो ।

गुण्डागर्दीमा संलग्न ४ पक्राउ
इटहरी स्थित बजार लाईनमा गुण्डागर्दीमा संलग्न ४ जनालाई पनि इटहरी प्रहरीले पक्राउ गरेको छ । सर्वसाधरणलाई डरत्रास पारी शान्ती सुरक्षा खलल पुराएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा इटहरी १० बस्ने टिकाराम श्रेष्ठ, फिरोज खाँन, मोरङ बयरबन ८ बस्ने नविन परियार र इटहरी १ बस्ने रोशन चौधरी रहेका छन । उनीहरु सबैलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाहि गरिने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए ।
पक्राउ परेका सबैलाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो ।साभार राताे पाटि

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।