0 COMMENTS

जेठ – २५, जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ ।

यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो । बाह्रजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिएका छन् ।

पशु विकास अधिकृत बुढ्थापाका अनुसार ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान र ५० प्रतिशत भने किसान स्वय्मको लगानी हुने छ । पशु स्वास्थ्य प्रविधिज्ञ नरसिंह थापाका अनुसार मापदण्डमा १२ जनाको कोटा थियो तर ३१ किसानले दरखास्त हालेका थिए ।

कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमन तथा निरीक्षणबाट घरमा स्याउ बगैँचा भएका जिल्लाभरिका १२ किसान छनोट गरी गाई वितरण गरिएको थापाले बताए । उनका अनुसार जुम्लाका पटमारा, चन्दननाथ, देपालगाउ र गज्याङ्ककोट गाविसका किसानलाई गाई वितरण गरिएको छ ।

विशेष गरी जिल्लाको पोषण स्थितिमा सुधार ल्याउन, बजारको मागलाई पूर्ति गर्न र स्याउ तथा दूध उत्पादनबाट किसानको जीवनस्तर माथि उकास्न ५० प्रतिशत अनुदानमा जर्सी गाई वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो चरणमा जर्सी गाईपालन व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।