0 COMMENTS

Madhesi-Morcha-Ansanजेठ – २५,काठमाण्डाै/ संघिय गठबन्धन मोर्चाले आफ्नो माग पुरा नभएपछि रिले अनसन सुरु गरेको घोषण गरेको छ ।

यसभन्दा अघिका आन्दोलनबाट अाफ्ना माग सम्बोधन नभकाे भन्दै तेस्रो चरणकाे आन्दोलन घोषणा गरेकाे हाे । माेर्चाकाे कार्यक्रम अनुसार आजबाट रिले अनसन सुरु गरेको बताएको छ । गठबन्धनका शीर्ष नेताहरुको सहभागितामा काठमाडौंको शहीद मञ्चमा निर्धारित समय बिहान ठीक ७ बजेदेखि अनसन सुरु गरेको प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।

गठबन्धनले माग सम्बोधनका लागि सिंहदरबार र वालुवाटार घेराऊ गर्दै काठमाडौ, वीरगंज, पोखरा लगायतका देशका विभिन्न ठाउँमा सभा र विरोध प्रदर्शन गरेको थियो । आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।