0 COMMENTS

नेपालगञ्ज, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास भइरहेको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको सिनेट बैठकमा भाग लिन सुर्खेत जानेक्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् । राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

संविधान कार्यान्वयनका लागि पनि आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने गरी प्रयास सुरु गरिएको जानकारी उनले दिए ।

प्रधानमन्त्री ओलीका साथमा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, पर्यटन राज्यमन्त्री बलबहादुर महत र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही लगायत सुर्खेत प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।