0 COMMENTS

जेठ २४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री दिेउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको हाे ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् ।

स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत आइतबार ज्ञानेन्द्र र सभापति देउवालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको किराँतीले बताए । माओवादी केन्द्रका किराँतीले पूर्वराजा ज्ञानेन्द्रमाथि किटानीसहित छानविन गरी कारबाहीको माग राखेर उजुरी दिएका हुन् ।

उदयपुरको बेल्टार बसाहा नगरपालिका बस्ने धनबहादुर राइले उदयपुरकै पोखरी गाविसमा घरायसी कामको शिलशिलामा जाँदा ०५९ सालमा तत्कालीन सेना लगाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दाहिने हातमा गोली हानेर आजीवन अपांग र घाइते बनाएकाले उजुरी दर्ता गराएको बताए । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।