0 COMMENTS

काठमाडौं, २३ जेठ। एमाले र माओवादी केन्द्रबीच तीनबुँदे सहमति नभएको पुष्टि भएको छ । शनिबार बसेको एमलेको स्थायी कमिटि बैठकमा नेता माधव नेपालले नै तीनबुँदेनभएको तर प्रधानमन्त्रीले बजेटपछि सरकार प्रचण्डलाई दिने विषयमा टाउको हल्लाएको बताएका छन् ।
बैठकमा नेपालले भनेका थिए-तीनबुँदेमा प्रधानमन्त्रीले आपत्ति जनाउनुभएको त हो । तर, बजेट पारित भएपछि छाड्ने कुरा उहाँले पनि मान्नुभो, लेख्नचाहिँ नलेखौँ भनेपछि प्रचण्ड उठेर हिँडेका हुन् । तपाईं ९ओली०ले पनि टाउको हल्लाउनुभा’थ्यो, प्रचण्डले त्यही बुझे गए ।
बैठक तीन बुदे सहमतिमै केन्द्रीत भएको थियो ।
बजेट पारित भएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने विषयमा सत्तारुढ एमाले–एमाओवादीबीच भद्र सहमति भएको विषयले चर्चा पाइरहेका वेला शनिबार बसेको एमाले स्थायी समिति बैठकले सहमतिको आह्वान गरेको हो । बैठक सुरु गर्दै प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गरेका थिए । तीनबुँदे र नौबुँदे सहमतिसँगै भद्र सहमतिबारे प्रश्न उठेपछि बैठकमा त्यसबारे समेत छलफल भएको छ । छलफलपछि स्थायी समितिले बजेट पारित भएपछि सरकारको नेतृत्वका विषयमा कुनै ठोस निर्णय नगरी सबै दललाई राष्ट्रिय सहमतिमा आउन आह्वान गरेको हो ।
संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति
‘एमालेले विगतदेखि नै राष्ट्रिय सहमतिमा जोड दिँदै आएको सन्दर्भमा संविधानको कार्यान्वयन गर्दै मुलुकलाई अग्रगति दिन र राष्ट्रिय हित तथा स्वाधीनताका लागि राष्ट्रिय सहमतिको आवश्यकता आज पनि उत्तिकै रहेकाले यो बैठक राष्ट्रिय सहमतिमा आउन सबै राजनीतिक दलहरूलाई पुनस् आह्वान गर्दछ,’ सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
छलफलका लागि पाँच एजेन्डा प्रस्ताव
बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक व्यवस्थापन, प्रदेश संगठन कमिटी निर्माण, केन्द्रीय निकायमा मनोनयन, सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रव्यापी अभियानसहित पाँचवटा एजेन्डा छलफलका लागि प्रस्ताव गरेको सचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बजेटको पक्षमा देशव्यापी कार्यक्रम
​ स्थायी समितिले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको पक्षमा देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘सकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रम र बजेट सकारात्मक, जनमुखी र अग्रगामी छ । त्यसको जनस्तरमा सुसूचित गर्न र कार्यान्वयन गर्न पार्टीले देश्व्यापी कार्यक्रम सञ्चालन गर्ने,’ बैठकको निर्णयमा भनिएको छ ।दृष्टि साप्ताहीक 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।