0 COMMENTS

आइतबार २३, जेठ २०७३ काठमाडौंjangi-lal-ray  आन्दोलनमा एक भएपनि ऐजण्डामा विभेदले विवाद निम्त्याउँदै आएको मधेसी मोर्चाभित्र अब झडप समेत हुँन थालेको छ । सामान्य जग्गा विवादमा तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादव कुटाकुट भएको छ । घरमा कम्पाउण्ड लगाउने विषयमा विवाद हुँदा चार जना घाइते भएका छन्।

झडपका क्रममा रायको टाउकोमा चोट लागेको छ । उनको हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमले जनाएको छ । झडपमा परी वृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन्। राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका निर्वाचित सभासद हुन्। प्रहरीले रायको साथबाट एक थान १२ बोर बन्दुक समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।