0 COMMENTS

जेठ २३, काठमाडौं | आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रमका साथ मनाईंदैछ । यो पटक ‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन : संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ सरकारी र गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रम गर्दैछन ।

विश्व वातावरण दिवस एक अन्तराष्ट्रिय दिवस हो । ५ जुन १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । ‍‍‌‌

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

यसै अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ताका लागि जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई संरक्षण र सम्बद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । ओलीले नेपालजस्तो अल्पविकसित मुलुकमा वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन निकै चुनौतीपूर्ण रहेको भन्दै वातावरण संरक्षण, दिगो व्यवस्थापन र विकासलाई एकैसाथ अघि बढाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।