0 COMMENTS

जसरी गाँस, बास र कपास मानव जीवनका अति आवश्यक तत्व हुन् ।त्यसमा यौन पनि थपिएको छ । जसका बारेमा विभिन्न खोज तथा अनुसन्धान भइरहेका छन् । यसक्रममा भर्खरै सकिएको एउटा अनुसन्धानले यौन स्वास्थ्यबारे नयाँ तथ्य पत्ता लगाएको छ ।

उसो त यौन स्वास्थ्यमा सन्तुष्टि अति आवश्यक छ । खासमा यौन भनेको सन्तुष्टि नै हो । बच्चा जन्माउने प्रक्रिया त निश्चित उमेरमा मात्र हुन्छ । तर, सन्तुष्टिका लागि जीवनभर यौन सम्बन्ध राख्ने गरिन्छ ।

यसक्रममा सन्तुष्टिका लागि महिला र पुरुषको मनसँगै शरीरको जोश पनि आवश्यक हुन्छ । त्यो जोश एउटा निश्चित समयमा हुने गर्दछ । त्यो समय नै अहिलेको अनुसन्धानमा पत्ता लागेको हो ।

विज्ञहरुको अनुसन्धान रिपार्ट अनुसार राति तथा बिहान होइन यौन सम्पर्कका लागि अपरान्ह तीन बजेको समय सबैभन्दा उत्तम हुन्छ । बेलायती हर्मोन विशेषज्ञ एलिसा भिट्टीका अनुसार महिला र पुरुषका लागि सहवासको सबैभन्दा उत्तम समय भनेको दिउसोको ३ बजे हो ।

यद्यपी यो समयमा धेरै मानिस आफ्नो घर वा कार्यालयको काममा व्यस्त हुन्छौँ र धेरैका लागि यो समयमा सहवास गर्नु सम्भव नहुन पनि सक्छ ।

तथापि यदि मौका मिल्ने हो र पर्याप्त योजना तथा तयारी गर्न सक्ने हो भने दिउसो तिन बजेको समयमा गरिने सहवास सबैभन्दा आनन्ददायी तथा उत्तम हुने विज्ञको भनाई छ । उनका अनुसार दिउसोको यो समयमा महिलाको जिउ सर्वाधिक फुर्तिलो तथा सशक्त बनेको हुन्छ र कोर्टिसोल हर्मोनको मात्रा पनि उच्च हुन्छ । त्यस्तै पुरुषमा भने ओस्ट्रोजेन हर्मोनको मात्रा उच्च हुन्छ । त्यसैले ३ बजेको समय सहवासमा सन्तुष्टिको लागि सबैभन्दा उपयुक्त समय हो । हुनत पुरुषमा बिहानको समयमा टेस्टेस्टेरोन हर्मोनको मात्रा सबैभन्दा उच्च हुने भएकाले बिहानको सम्भोग उनीहरुका लागि सबैभन्दा उपयुक्त हुनसक्छ ।

तथापि महिला पार्टनरको पनि आनन्द वा दुबैजनाको सक्रियता तथा यौनसुखलाई ध्यान दिने हो भने दिउसोको सम्भोग जत्तिको उत्तम केहीपनि हुन सक्दैन । विज्ञका अनुसार हप्ताका अन्य दिनमा कामकाजका कारण दिउसो सहवास गर्न सम्भव नहुने भएपनि कम्तिमा विदाको दिन दिउसो ३ बजेको समय निकालेर सहवासमा संलग्न भएर चरम यौन आनन्दको अनुभुति गर्न सकिनेछ ।एजेन्सी । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।