रामचाकोबारीमा मुला, काउली, बन्दागोबी, भ्यान्टा जस्ता थुप्रै तरकारीहरु लटरम्मै फलेका थिए । ती मध्ये पहिला काउली टिपेर उनले खर्पनमा राखी सहरतिर बेच्न लगे । अर्को दिन, बन्दा गोबी भ्यान्टा मात्र लगे । त्यो देखेर सलगमले मुलासँग भन्यो “दाई मलाई पनि खर्पनमा बसेर पिङ खेल्दै सहर घुम्न साह्रै रहर लाग्यो ।
“तँ गान्टेलाई कसले पत्याउँछन् र जान्छस् ? म जस्तो ह्याण्डसम त जान पाछैन्” मुलाले होच्याएर बोल्यो ।
उसको बचनले सलगमलाई चोट प¥यो । माटोमा पुरिएको सरिरका अङ्गलाई बल गरेर माथि उचाल्यो र ठिङ्ग उभिएर भन्यो “हेर ! अब म तिमि जत्रै भएनी, अझै तिमी भन्दा खाईलाग्दो भकुल्ले पनि देखिन्छु ।
“भो भो धाक नला कस्ता कस्ता कहाँ गए मुसाको छाउरो दरबारमा” मुलाले भन्यो ।
दरबारमा हैन मुसाको छाउरो अब जेट ल्पेन चढेर हङ्कङ् घुम्न जाने भईसक्यो बुझ्यौ ? कुन जमानाको कुरा गर्दैछौ तिमी ?
सलगमको व्यङ्ग्यात्मक जवाफले मुला ठूस्स प¥यो र अर्कोतिर मुन्टो बटा¥यो ।
“दाई ! त्यसरी नरिसाउन अब यहाँ तिमी र म बाहेक अरु को छ र ? हाम्रा काका, मामा सबैले छोडेर गई सके, तर मैले चाहिँ एउटा कुरा बुझ्न सकिराछैन” मुलालाई फकाउँदै सलगमले भन्यो ।
“तैले कुरा बुझेपनि, नबुझे पनि म भन्दा अघि तँ गान्टे जाने चान्सै छैन ।” घमण्ड ग¥यो मुलाले ।
“कति गान्टे गान्टे भनेर हेपि रहन्छौ ? मेरो सारीरिक अवस्था जे जस्तो भएपनि म भित्रको गुण कसैको भन्दा कम छैन क्यार” कुर्लियो सलगम ।
“भ्यागुतो जति उफ्रयो काँन्लैमुनि” तँ जे सुकै भन् अघि मै हुन्छु ।
“ल भैगो तिमी नै अघि जाउला पहिला मेरो कुरा त राम्ररी सुन” अनुरोध ग¥यो सलगमले ।
के हो ? छिटो भन् म सँग फाल्तु समय छैन देखिनस ?
सलगमले मुलाको कानै नजिक मुख लगेर भन्यो “दाई यता हामी को पहिला सहर जाने भनेर हानथाप गरिराछौं । उता गएका जति कोही फर्केर आएका छैनन् । के गर्दैछन्, कुन हालतमा छन् ? अत्तोपत्तो छैन । उनिहरुसँग फेरि भेट होला कि नहोला दाइ !” चिन्ता व्यक्त ग¥यो सलगमले ।
“रमाइलो लाग्यो बसे । तँलाई किन टाउको दुख्यो ? म पनि सहर जान पाए फर्केर आउँदिन ।”
मुलाको मुर्खतापूर्ण जवाफले सलगम खिन्न भयो र भन्यो “दाई मलाई त सहर घुम्न जाने रहर मात्र लागेको हो, त्यही बस्न होइन । हेर पहिला यहि ठाउँ कति हराभरा, रमाइलो थियो । हिजो आज उराठ लाग्दो भएको छ । हामी जाँहा गएपनि जन्मेको माटो बिर्सनु हुन्न । बरु ती गएका जतिलाई फेरि फर्काएर पछी रमाइलो सित बस्नुपर्छ । आफ्नो ठाउँ छोडेर पराई भुमिमा कहिल्यै सुखी रहन सकिन्न बुझ्यौ ?
सलगमको बुद्धिमत्त्तापूर्ण कुराले मुलाको घैटोमा घाम लाग्यो । उसले मन मनै पछुताएर भन्यो “व्यर्थे गान्टे भनेर हेपेछु । यो त म भन्दा बुद्धिमान पो रहेछ । उसँग माफी माग्छु भनेर मुख आँ मात्र गरेको थियो त्यहिबेला रामचा आएर धमाधम् सलगम उखालेर खर्पनमा भरि हिंडीहाले । जाने बेलामा सलगमले मुलालाई बाई बाई गरि हात हल्लायो ।
खर्पनमा चढेर पिङ् खेले झै मच्चीदै जाँदा सलगमलाई मज्जा लाग्यो । उसले मनमनै सोच्यो “ आहा त्यो सहर कति झिलिमिली होला ? त्यहाँ म जस्तै थुप्रै साथीहरु पनि होलान् । म उनीहरुसँग मिलेर खेल्छु । पहिला त आफन्तहरुकै खोजी गर्नु प¥यो, इत्यादि कल्पनामा चुलुम्बै डुबिरहेको बेला छ्यापल्याङ्ग पानीमा चोपलिदा खङ्ग्रङ्गै तर्सियो । रामचाले सलगमको जीउ मिचिमिची नुहाई दिए । उसलाई काउकुती लागेर आयो र खितित्त खितित्त हाँस्यो ।
पानीबाट बाहिर निकालेर खर्पन मै राखी फेरि सहरतिर लैजाँदै गर्दा सलगमलाई नुहाएको जीउमा सन्चो लाग्नुको सट्टा झन् रगरग किरा हिडेसरि चिलाउन थाल्यो किनभने त्यो पनि ढल मिसिएको फोहर थियो । सडकमा पुगेपछि मोटरबाट निस्केको धुवाँको मुस्लोले उसको आँखा पिरो भयो, धुलोले जीउ फेरि फोहर भयो । अलिपर पुग्दा त झन् फोहरको डुङ्गुरबाट हवास्स निस्केको दुर्गन्धले नाक फुट्ला झै गन्हायो । झण्डै बान्ता भएन । नाक थुनेर थुथुथु थुकि रहँदा ओठ मुख सुक्यो । जिब्रो टाँसिएर प्याक प्याक भयो । पानीको धारा छकि भनेर यता उता हे¥यो कतै देखेन । अलि परै पुगेपछि एउटा धारो त भेट्यो तर रित्ता भाँडाहरुको लामो लाईन थियो पानी थिएन । अहो ! सलगमलाई छटपटी भयो व्यर्थै सहर घुम्न रहर गरेछु भनेर मनमनै पछुतायो । त्यहीबेला बाटो काट्नै लाग्दा गाडीले खर्पनमा ठक्कर दियो । सलगम नराम्ररी सडकमा पछारियो । ऐया… भनी चिच्यार रुदै मुलालाई पुकारेर भन्यो दाई तिमी सहर नआउ है । कहिल्यै पनि नआउ ।समाप्त
प्रतिक्रिया दिनुहोस्