0 COMMENTS

 

जेठ २१, नवलपरासी । फुटबल स्ट्राइकर बिमल घर्ति मगरकि बहिनि मनिषा घर्ति मगरको मृत्यु भएको एक साता पुगीसक्दा पनि घटना अझै रहश्यमय छ । घटनाको बिभिन्न रिपोर्टले हत्या प्रमाणित नगरेपनि आत्महत्या गरेको भन्ने कुरा पनि प्रमाणित गर्न सहज छैन ।

यतिखेर शोकाकुल अवस्थामा रहेको बिमल घर्ति मगरको परिवारले घटनालाई आत्महत्या भन्नै नसकिने ठोकुवा गरेको छ । बिमलले बहिनीको हत्या नै भएको हो भन्ने दावी गर्दै प्रहरीलाई नै शंकाको घेरामा राखिदिएका छन् । यो कुरा बिमलको केहि दिन अघिको फेसबुक स्टाटसले समेत व्यक्त गरेको छ । उनले स्टाटसमा बहिनीको हत्यारालाई कारबाही गर्न भन्दै सहयोग मागेका थिए । उनले संचार माध्यमहरुसँग समेत बहिनीको हत्या नै भएको बताएका छन् ।

विमलले बहिनी झुन्डिएको स्थानमा आफैं झुन्डिन नसक्ने दावी समेत गरे । उनको आरोप प्रहरीलाई छ कि प्रहरीले उनीसँग दुईजिब्रे कुरा गरेका छन् । उनले प्रहरीको अनुसन्धान र पोलिग्राफमा चलखेल भएको बताएका छन् । साथै उनले प्रहरीले आफुलाई पत्रकारसँग कुरा नगर्न भनेको खुलाशा समेत गरेका छन् ।

मनीषाको घटनालाई लिएर एक खाले रिपोर्ट आएपनि सामाजिक संजालमा व्यापक रुपमा प्रहरी चलखेल भएको भन्दै प्रतिक्रियाहरु आएका छन् । त्यस्तै बिमल घर्तीले पनि प्रहरीले कुनैपनि काममा आफुहरुलाई थाहा नदिएको गुनाशो गरेका छन् । उनले बहिनीको हत्या नै भएको भन्दै आफू समेत असुरक्षित भएको गुनाशो गरेका छन् ।

बहिनीको हत्याको बिषयलाई लिएर बिमलले लेखेको स्टाटसमा हजारौंले उनलाई साथ दिएका छन् । कतिपयले हत्यानै भएको भन्दै सरकारको बिरोध समेत गरेका छन् भने कहिले घटनामा संलग्न आशिष चौधरी रातको समयमा किन एक्ली मनिषाको घर गएको ? भन्दै प्रतिक्रिया पोखेका छन् । केहिले के पनि भनेका छन् भने मनिषाले आत्म हत्या नै गरेको भएपनि त्यो आत्महत्याको जिम्मा आशिष ले नै लिनुपर्छ । तर कानुन हत्याको सबुत खोज्छ, जुन अहिलेसम्म रहश्यमय नै छ ।

एकातिर बिमल देशले बहिनीको हत्यारालाई कारवाही नगरे कसरी यही देशको लागि खेल मैदानमा गोल गर्ने भन्नेमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।