जेठ २०, काठमाडौ । अकुत पैसा भ्रष्टचार गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले मकवानपुर सदरमुकामस्थित क्षेत्रीय सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख अमलेशकुमार कर्णलाई कालोमोसो दलेर कार्वाही गरेको छ ।
बुधवार दिउँसो सवा १ बजे क्षेत्रीय सडक डिभिजन कार्यालय प्रमुखको आफ्नै कार्यालय हेटौंडामा विप्लव माओवादीका कार्यकर्ताहरूले कालोमोसो दलरे कार्वाही गरेका हुन् ।
सडक डिभिजन प्रमुख कर्णले निर्माण व्यवसायीसँग घुस लिएको, प्रत्येक योजनाको कुल रकममा ३० प्रतिशत कमिशन लिने गरेको, सडक निर्माण गर्दा गुणस्तरलाई पैसासँग सम्झौता गरेको भन्दै विप्लव माओवादीले कार्वाही गरेको बताएको छ ।
त्यसबाहेक प्रमुख कर्णले सेवाग्राहीलाई विभिन्न बहाना बनाई दुख दिने गरेको र फर्जी बिल भरपाई मिलाएर ठेकेदारसँग कमिशन लिएको भन्दै कार्वाही गरिएको विप्लव माओवादीद्धारा जारी गरिएको पर्चामा उल्लेख छ ।
सडक डिभिजन प्रमुख कर्णलाई यो चेतावनीस्वरूप मात्र कार्वाही गरेको भन्दै विप्लव माओवादीले नसच्चिए अझ कडा कार्वाही गरिने कुरा जारी पर्चामा उल्लेख गरिएको छ । कर्णलाई जनकारबाहीको अभियोगबारे माओबादीले जारी गरेको पर्चा यस्तो छ ।