0 COMMENTS

जेठ,१८ काठमाडौं । फुटबल खेलाडी विलम घर्ती मगरकी बहिनी मनिषाको पास्टमार्टम रिपोर्ट अलमल्याउने खालको आएको छ । रिपोर्टले हत्या हो की आत्महत्या हो अझै पत्ता लाउन सकेको छैन् ।

१७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनी घरमा एक्लै थिइन् ।प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने बताएको थियो । उनको शव शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको हो । शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार पोस्टमार्टम रिपोर्ट मंगलबार विहान प्रहरीलाई बुझाइएको छ ।

रिपोर्टका अनुसार घाँटी भएको प्रेसरले मृत्यु भएको देखिन्छ ।’ मनिषाको गालामा सामान्य चोट छ भने घाँटीमा २५ सेन्टिमिटरको डाम छ र सलको आकारसँग मिल्दोजुल्दो छ । रिपोर्ट ह्यागिङबाट भएको बुझाइएको छ । तर यसले आफै झुण्डिएको वा अरुले झुण्डाएको भन्न नसकिने जनाइएको छ ।

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । र, उनले घटना भएको राति मनिषासँग आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका छन् । उनका अनुसार झगडापछि आफू बरण्डामा आएर सुतेको र पछि उठेर हेर्दा मनिषा झुण्डिएको अवस्थामा देखेपछि सल खोलेका थिए । आशिषले झूठ बोले नबोलेको पत्ता लगाउन नवलपरासी प्रहरीले पोलीग्राफ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।