0 COMMENTS

काठमाण्डाै,१७,जेष्ठ-  नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं  १४ कमिटीले आफ्नो कमिटीका खाली पदहरुमा पदपूर्ति गरेको छ । पुरुषोत्तम नेपालको अध्यक्षतामा रहेको कमिटीका तत्कालीन उपाध्यक्ष विमल लामा र उपसचिव अंगुर पौडेल थप गरिएको वडा नं  १९ मा परेको, तत्कालीन सचिव छन्दप्रसाद आचार्य क्षेत्रीय सदस्यमा निर्वाचित भएको सन्दर्भमा कमिटीको जेठ १५ गते बसेको बैठकले एमालेको विधान बमोजिम शंकरप्रसाद भट्टराईलाई उपाध्यक्ष, रामशरण सापकोटालाई सचिव र विष्णु प्रसाद भट्टराईलाई उप सचिवमा चयन गरेको हो । काठमाडौं जिल्ला कमिटीका मीठाराम अधिकारी, क्षेत्रीय कमिटीका सचिव ध्रुवराज न्यौपाने, क्षेत्रीय कमिटीका सदस्यहरु निरञ्जन नेपाल, पुण्यराज पुडासैनी, ईश्वरी भट्टराई, सावित्री भट्टराईको उपस्थितिमा भएको बैठकले उक्त निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।