0 COMMENTS

जेठ १७, दोलखा । अमेरीकाबाट ३९ जना अमेरिकी सेना दोलखाको सुन्द्रावती गाविसमा आउने भएका छन् । अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा उक्त टोली दोलखा आउने भएको हो ।

सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पुर्‍याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउनका लागी अमेरिकी टोली दोलखा जिल्लाको सुन्द्रावती आउने भएको हो ।
अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्नेछ। अमेरिकी सेनाले स्थानीयवासीलाई आफ्नो देशको सांस्कृतिक कार्यक्रम देखाउनेसमेत जनाएको छ ।

सेनाले पटक पटक गरी तीन चरणमा कार्य गर्ने उल्लेख गरेको छ। अमेरिकी सेनाको टोली सोमबार नै सुन्द्रावतीको कालिका उमाविमा बास बस्ने बताइएको छ। सेनाले १७ देखि ३२ गतेसम्म त्यहाँ कार्य गर्ने जनाएको हो। आज १३ जनाको टोली दोलखा आएको छ भने अन्य २६ जना दुईपटक गरेर आउने अमेरिकी सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।