जेठ,१६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण हुनुको रहस्य खुलासा गरेका छन्।
नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले आज यहाँ आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको सफल आरोहण हुनुको कारण खुलाएका हुन। उनले भने -” सगरमाथाको सफल आरोहण हुनुको पछाडी रोड फिक्सिङ कारण हो। रोड फिक्सिङ कै कारण आरोहीहरुलाई त्यस्तो कठिन हिमाल चढ्न सजिलो भएको हो। त्यसैले सगरमाथा आरोहणका लागि रोड फिक्सिङ गर्ने नौ जना शेर्पाहरुको काम प्रसंसायोग्य छ।
सन् १९५० मा पहिलो पटक ८ हजार माथिको उचाइको हिमाल अन्नपूर्ण चढेका फ्रेन्च नागरिक मौरिस हर्जोगलाई स्मरण गर्दै उन्ले लेखेका आफ्नो अनुभबका किताबले समेत विश्वमा नेपालको पर्वताहोरणले चर्चा पाएको र सगरमाथा चढ्न त्यस बाट पनि प्रोत्साहन मिलेको बताए ।
सो अवसरमा यस वर्षको वसन्त ऋतुमा सगरमाथाको पहिलो सफल आरोहण गर्दै रोड फिक्सिङको ब्यवस्था मिलाएका पासाङ तेन्जिङ शेर्पा सहित नौ शेर्पा आरोहीलाई रु ५० हजारसहित सम्मान गरिएको थियो । सम्मानित हुने अन्य आरोहीमा आङ्पेम्बा शेर्पा, ग्लाल्जेनदोर्जे शेर्पा, पासाङदोर्जे शेर्पा, मिङ्मा शेर्पा, निमाछिरिङ शेर्पा, आङ्ग्याल्जेन शेर्पा, शेराग्याल्जेन शेर्पा र लाक्पाछिरिङ शेर्पा छन् ।