0 COMMENTS

budgetबढ्यो
बियर एक लिटरमा ८ रुपैयाँ महँगो भएको छ, बियरमा यसअघि अन्त:शुल्क ९८ रुपैयाँ रहेकोमा अब १०६ पुगेको छ ।
सुर्ती तथा चुरोटमा १३ प्रतिशतसम्म अन्त:शुल्क बढाइएको छ ।
मदिरामा न्यूनतम १० र अधिकतम १५ प्रतिशतसम्म अन्त:शुल्क बढेको छ ।
घट्यो
सार्वजनिक यातायातमा सञ्चालन हुने विद्युतीय सवारी साधनमा अन्त:शुल्क पूरै छुट दिई भन्सार शुल्क १ प्रतिशत लगाउने सरकारको घोषणा छ । त्यस्तै, निजी विद्युतीय गाडीमा अन्त:शुल्क पूरै छुट दिई १० प्रतिशत मात्र भन्सार लाग्नेछ
सञ्चारगृहले पत्रपत्रिका लागि आयात गर्ने अखबारी कागजमा १ प्रतिशत मात्र भन्सार लाग्ने र महसुल छुट गरिएको छ
क्यान्सर, मुटु र मिगौला रोगको उपचारमा लाग्ने उपकरण आयातमा मूल्य अभिवृद्धि करमा सबै छुट र भन्सार १ प्रतिशत मात्र व्यवस्था गरिएको छ
आयकर छुटको सीमा बढ्यो
सरकारले बजेटमार्फत आयकर छुटको सीमा बढाएको छ । अब वर्षमा ३ लाख ५० हजारसम्म कमाउने अविवाहित र ४ लाख रुपैयाँ कमाउने विवाहित व्यक्तिले आयकर तिर्नुपर्ने छैन । यसअघि यस्तो सीमा २ लाख ५० हजार र ३ लाख रुपैयाँ थियो ।
कर सुविधा
वार्षिक १ करोडसम्मको कारोबार गर्ने साना तथा मझौला करदाताले लेखापरीक्षण गर्न नपर्ने बजेटमार्फत व्यवस्था भएको छ ।
सेवा कारोबार तथा वस्तु र सेवा मिश्रित कारोबारको मूल्य अभिवृद्धि कर लाग्ने सीमालाई १० लाखबाट बढाई २० लाख कायम गरिएको छ ।
नयाँ पत्रिका दैनिकमा प्रकटकुमार शिशिरले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।