0 COMMENTS
metrashan
मित्रसेन दाहाल

सेल्फ मेनेजमेन्टका लागि आध्यात्मिक ज्ञान आवश्यक हुन्छ । आध्यात्मिक ज्ञान ध्यानबाट प्राप्त हुन्छ । ध्यानले मानिसलाई सम्यक दृष्टि, सम्वेदनशीलता र प्रज्ञा दिन्छ । ओशोका अनुसार ध्यान भनेको आफै मा लीन हुनु वा चेतनाको अन्तरयात्रा गर्नु हो । ध्यान गर्नु भनेको अकाम, अक्रिया, निर्विचार र भावरहित बन्नु पनि हो । ध्यान आत्मा रूपान्तरको एक मात्र उपाय हो ।

सबै कुरा बिर्सिएर आङ्खनो मनलाई एकचित्त गर्नसक्ने हो भने ध्यानबाट मानिसले ठूलो आनन्द प्राप्त गर्न सक्छ । सा“च्चै ध्यानमा बसेका बेला आङ्खनो शरीर यति हलुका हुन्छ कि सम्पूर्ण शरीर कुनै कपडाको तौलभन्दा पनि कम अनुभूति हुन्छ । यो मैले मृगौला प्रत्यारोपणपछि गरेको ध्यानबाट पाएको अनुभूति हो । तर, यसका लागि मन र शरीर पूर्ण सन्तुष्ट र स्वस्थ हुनुपर्छ । नकारात्मक मन र अस्वस्थ शरीरले ध्यान र योगबाट लाभ पाउन सक्दैन । मनलाई स्वस्थ राख्न सकारात्मक सोच र ध्यानको आवश्यकता हुन्छ भने शरीरलाई स्वस्थ राख्न नियमित योग र व्यायामको आवश्यकता हुन्छ ।

स्वस्थ जीवन जिउनका लागि आजभोलि मानिसहरू आध्यात्मिक दर्शन, योग, व्यायाम र ध्यानलाई प्राथमिकता दिन थालेका छन् । त्यसैले योग र ध्यान एक अर्काका पूरक भएका छन् । आजको बढ्दो औद्योगिकीकरणको प्रभावबाट भएको प्रदूषण, कृत्रिम वातावरण एवं रंगीन खानपिन तथा विलासी जीवन व्यतीत गर्ने बानीले मानिस दिनानुदिन अस्वस्थ बन्दै गएका छन् । यसरी बनेको अस्वस्थ मन र शरीरलाई सकारात्मक जीवनशैलीका माध्यमबाट सन्तुलित राख्न सकिन्छ ।

ध्यान, योगबाट सकारात्मक सोचको विकास भई धेरै रोग लाग्नबाट जोगिन सकिन्छ । त्यसैले आजकाल मानिसहरू रोगबाट बाच्नका लागि योगा र ध्यानमा लाग्न थालेका छन् । योग र ध्यानमा गुरु रामदेवले चमत्कार नै ल्याएका छन् । आङ्खनो स्वास्थ्यप्रति सचेत जोसुकै मानिसले पनि आजकाल विभिन्न टेलिभिजन च्यानलमार्फत ज्ञान हासिल गरेर पनि गुरु रामदेवको योग र ध्यान गर्ने गर्दछन् । ध्यानमा अलौकिक शक्ति पाइने गरेको अनुभव उनीहरूको छ । त्यसैले ध्यानी र योगी व्यक्तिले जे काम गरे पनि त्यसले पूर्णता पाउ“छ र हरेक काम एकाग्रताका साथ गर्न सक्छ । ध्यानी व्यक्तिले गरेको काम सफल पनि हुन्छ ।

ध्यानले जीवन र मृत्युलाई पनि चिनाउ“दो रहेछ किनभने मानिसको शरीर एकपटक जन्मन्छ र मर्छ । शरीर मरे पनि शरीरभित्रको आत्मा मर्दैन । यो आध्यात्मिक ज्ञानको चुरो पहिल्याउन र त्यसलाई वास्तविकतासहित अनुभव गर्न पनि ध्यान अति आवश्यक छ । ध्यानले मानिसलाई पुनः शक्ति दिन्छ । त्यसैले ध्यान र योगलाई मानसिक र शारीरिक विकारको शुद्धीकरणको प्रक्रिया पनि भनिन्छ । ध्यानलाई मौनताको अर्को रूप पनि भनिन्छ । मौनतामा ठूलो शक्ति लुकेको हुन्छ । मौनताको साधना गर्ने मानिस भौतिक रूपले गम्भीर र शान्त देखिन्छ भने आध्यात्मिक जीवनमा ईश्वरमुखी बाटो लम्कन मन पराउछ ।

कहिलेकाही अध्यात्मवाद र भौतिकवादका बारेमा चर्काचर्की बहस चल्छ । अहिले यी दुई वादका अतिरिक्त चिकित्सा विज्ञान र प्राकृतिक विज्ञानका बारेमा पनि गहकिलो बहस हुन थालेको छ । आइन्स्टाइनले पदार्थमा नै ऊर्जा रूपान्तरण हुन्छ भन्ने सूत्र पत्ता लगाएपछि अध्यात्मवादीहरू अस्तित्व भनेको चेतना नै हो भन्ने तर्कमा पुगे पनि भौतिकवादीहरू ऊर्जा त पदार्थकै रूपान्तरण हो भन्न थाले । त्यसैले ध्यान र योगले अध्यात्मवादको प्रतिनिधित्व गर्छ । त्यस्तै अध्यात्मवाद भौतिकवादभन्दा एक तह माथि हुन्छ । विज्ञानमध्येको पनि आध्यात्मिक विज्ञान नै जेठो विज्ञान हो । संसार नै आध्यात्मिकताले जोगाएको छ भने पनि हुन्छ ।

गीताका अनुसार पनि ज्ञानको साधना सबैभन्दा उत्तम छ, ज्ञानभन्दा ध्यान श्रेष्ठ छ । ध्यानमा लागेपछि कर्म र फलको त्याग गर्न लगाउ छ । जसबाट निरन्तर शान्ति प्राप्त गर्न सकिन्छ । राम्रो ध्यान गर्ने मानिसस“ग कम्तीमा सातवटा गुण हुनुपर्छ । ती हुन्– आहार संयम, वाणी संमय, जागृति, द्वेषको समापन, दुःखको अभाव, श्वासको संख्यामा कमी र संवेदनशीलता । यी सात गुण भएको मानिसले सजिलै ध्यान र योगको वास्तविक लक्ष्य प्राप्त गर्न सक्छ । यस्ता गुण भएको व्यक्ति योगसाधना र ध्यानले महाज्ञानी बन्न सक्छ । गौतम बुद्ध र राम मानिस भएर पनि मनमा रहेको लोभ, लालसा, रिस, राग र स्वार्थ त्यागेर कठोर ध्यान र साधनाले महाज्ञानी अर्थात् भगवान् नै कहलिएका छन् । त्यसैले ध्यान र साधना सजिलो छैन ।

ध्यान र योगबाट फाइदा लिनका लागि निस्वार्थ एकित्रित मन बनाउनु पर्छ, जो जसले पायो उसले आङ्खनो मनलाई चाहेजस्तो बनाउन सक्दैन । गुरु षडानन्द रुमाल ओछ्याएर अरुण नदी तर्ने गर्थे भन्ने पनि हामीले नसुनेको होइन । त्यो कसरी सम्भव भयो ? अहिलेका धेरै मानिसहरू पत्याउन तयार छैनन् । तर ध्यानमा पूरै लीन भई आङ्खनो शक्ति सबै खिचेर दिमागमा पु¥याएर आङ्खनो शरीरलाई रुमालभन्दा पनि कम तौलको पार्यो भने त्यो सम्भव हुन्छ भन्ने विश्वास जो ध्यानमा लीन छ, त्यसले गर्न सक्छ ।
आजको भौतिकवादी युगमा योग र ध्यानको महत्व झन् बढ्न थालेको छ । स्वस्थ जीवनका लागि ध्यान र योगको अति जरुरी छ । आङ्खनो शरीर र मनलाई स्वस्थ राख्नका लागि सधै“ सकारात्मक विचार लिएर जिउने गरौ“ । आफूसंग रहेका सबै प्रकारका लोभ लालसा, रिस, राग त्यागौं आफूसग जे छ त्यसमा सन्तुष्ट र सुखी हुन सिकौं । ध्यान र योगले पनि मानिसलाई यही सिकाउछ । जसले ध्यान र योग नियमित रूपमा नियम पालनासहित गर्छ ऊ सधै निरोगी र सन्तुष्ट हुन्छ ।

त्यसैले ध्यान र योगको महत्व बुझौं, हरेक दिन आधा घण्टा योग, आधा घण्टा ध्यान र एक घण्टा स्वच्छ वातावरणमा प्रातकालीन भ्रमण गरेर आङ्खनो मनलाई सकारात्मक सोचतर्फ अग्रसर गराऔ“ । जुनसुकै पेसा, व्यवसाय र क्षेत्रमा लागे पनि योग र ध्यानले जीवनलाई सार्थक र सफल बनाउन मद्दत गर्छ । विभिन्न प्रकारका मानसिक र शारीरिक रोगबाट बच्न टेवा पुर्याउछ । सकारात्मक सोच र स्वस्थ जीवनको अचूक अस्त्र ध्यान र योगलाई जीवनको माध्यम बनाऔ“ । स्वस्थ सोचौ, स्वस्थ रहौ“ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।