0 COMMENTS

 

जेठ,१५ काठमाडौं / पूर्वउपराष्ट्रपति परमानन्द झाले गणतन्त्र दिवसका अवसरमा शनिबार बिहान सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रम बहिस्कार गरेका छन् ।

शनिबार बिहान सरकारले आयोजना गरेको गणतन्त्र दिवस बनाउने कार्यक्रममा पूर्वराष्ट्रपति झा राष्ट्रिय पोशाकमा सजिएर मञ्चमा आइपुगेका थिए । उनी मञ्चमा केहीबेर यताउति घुमे ।  आफूलाई बस्ने ठाउँको व्यवस्था नगरिएको भन्दै रिसाएर तत्कालै फर्किए ।

कार्यक्रम बहिस्कार गरेर फर्किने क्रममा उपराष्ट्रपति झाले आफ्नो अवहेलना गरिएको गुनासोसमेत पोखे ।
फर्कन लागेका पूर्व उपराष्ट्रपतिलाई सरकारी अधिकारीहरुले फकाएर मञ्चमा राख्ने प्रयास गरेका थिए, तर उनीहरु असफल भए ।

सरकारले गणतन्त्र दिवसको अवसरमा टुँडीखेलमा औपचारिक समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा अाेली , उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अोनसरी घर्ती लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।