0 COMMENTS

जेठ १४, काठमाडौं । सुनको भाउ यो हप्ता १६ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार ५४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार स्थिर रह्यो । मंगलबार २ सय रुपैयाँले घटेर ५५ हजार ८ सय रुपैयाँ र बुधबार फेरि ७ सय रुपैयाँले घटेर ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार फेरी एक सय रुपैयाँ घटेर तोलाको ५५ हजार रुपैयाँमा किनबेच भएको सुन शुक्रबार फेरि तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हप्ता चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

हप्ताको पहिलो दिन तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी अन्तिम दिन तोलाको ७ सय ५० रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।