0 COMMENTS

काठमाडौ, १३ जेठ – नेपालका ३७ मध्ये २० सार्वजानिक संस्थानहरु खुद नाफामा तथा १४ संस्थान खुद नोक्सानमा गएको देखिएको छ । सरकारले बिहिवार सार्वजनिक ‘संस्थानहरूको वार्षिक स्थिति समिक्षा– २०७३’ ले २० वटा संस्थानले ३३ अर्ब नाफा गरेको देखाएको हो ।
नेपाल आयल निगमले गरेको उच्च नाफाका कारण सार्वजानिक संस्थानको नाफा बढेको देखिएको हो ।

आर्थिक वर्ष २०७०/७१ मा सार्वजनिक संस्थानको खुद नाफा ५ अर्ब ५ करोड रहेकोमा २०७१/७२ मा ३३ अर्ब ९२ करोड नाफा भएको देखिएको छ । यस अतिरिक्त नेपाल दूरसंचार कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र कषि विकास बैंक नाफामा गएका कारण सार्वजानिक संस्थानको नाफा बढेको देखिएको हो ।

विगत लामो समयदेखि नोक्सानमा रहेको नेपाल आयल निगम यो आर्थिक बर्षमा १५ अर्बले नाफामा रहेको संस्थाको स्थिति समिक्षा– २०७३ ले देखाएको छ । गत आर्थिक बर्षमा ८ अर्ब ३० करोड खुद् नोक्सानीमा रहेकोमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न गएका कारण निगमले यो आर्थिक वर्षमा १५ अर्ब ४ करोड खुद् नाफा गरेको देखिएको हो । आर्थिक वर्ष २०७१/७२ मा नेपाल दूरसञ्चार कम्पनीले १४ अर्ब ५५ करोड ६३ लाख खुद नाफा आर्जन गरेको छ ।

आर्थिक बर्ष २०७१/७२ मा ४ अर्ब ९६ करोड १९ लाख खुद नोक्सान व्यहोरेको नेपाल विद्युत प्राधिकरणको सञ्चित नोक्सान २५ अर्ब करोड पुगेको छ । ठूलो रकम सञ्चित नोक्सानीमा सञ्चालित नेपाल विद्युत प्राधिकरणको बक्यौता मात्र १० अर्ब पुग्नु प्राधिकरण व्यवस्थापनका लागि चुनौतीपूर्ण देखिएको छ ।

‘निरन्तर घाटामा गइरहेका संस्थानहरूको सुधार गर्न नेपाल सरकारले आगामी दिनमा कानूनी र संरचनागत परिवर्तन गरी सुधारका कदमहरु अवलम्बन गर्नुपर्ने देखिन्छ’ सार्वजानिक संस्थानको स्थिति समिक्षा –२०७३ मा भनिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सार्वजानिक संस्थानहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन क्षेत्रगत विशेष सुधार र आयामिक रुपान्तरण गर्ने आधारभूत सुधारहरूलाइ योजनाबद्ध रुपमा अघि बढाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।