0 COMMENTS

bimal-ghartiनवलपरासी, १३ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर बिमल घर्ती मगरकी बहिनी गएराती मृत फेला परेकी छन् ।नवलपरासी बर्दघाट–८ भानुनगरमा रहेको आफ्नै घरमा बिमलकी बहिनी मनिषा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनिषालाई बिहीबार बिहान उनकै कोठामा मृत फेला परेपछि अनुसन्धान अगाडि बढाइएको छ । घटना शंकास्पद भएको प्रहरीले जनाएको छ ।स्थानीयहरुले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने बताएका छन् ।

मनिषा गएराति घरमा एक्लै थिइन् । छिमेकीका अनुसार घर्तीको घरमा एक जना युवक आएको र उनीहरुबीच झगडा परेको समेत बताएका छन् । राति झगडा गरेर युवक बाहिरिएपछि मनिषा  मृत अवस्थामा फेला परेकी थिइन् ।
छिमेकीको बयानका आधारमा झगडा गरेर भागेको ठानिएका स्थानीय युवक आशिष चौधरी र अर्का एक युवकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मनीषाको हत्या हो कि आत्महत्या भन्ने अझै प्रष्ट नभएको र पोष्टमर्टमपछि मात्र यो खुल्ने बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।