0 COMMENTS

 जेठ १३, काठमाडाैं / ट्राफिक नियम परिवर्तन भएपछी सामान्य गल्तीकाे पनी जरिवाना स्वरूप चर्को  रकम शुल्क असुल्ने गरेकाे  भन्दै  आज विभिन्न यातायत व्यवसायी र मजदुरहरुले चक्काजाम गरेका छन् । 

बिरोधमा आज उपत्यकामा सवारी साधन ठप्प भएको छ । यातायत व्यवसायी र यातायात मजदुरहरुले बढाएको ट्राफिक जरिवाना संशोधन गर्नुपर्ने मागसहित उनीहरुले सवारी साधन चल्न नदिएका हुन् । सार्वजनिक यातायातका सवारी साधन नचलेपनि निजि मोटरसाइकल र कार भने चलेका छन् ।

यातायातसँग आवद्ध बिभिन्न ८ मजदुर संघ-संगठनको चक्का जामका कारण सर्वसाधारण प्रभावित भएका छन् ।सरकारले नयाँ ट्राफिक जरिवाना जेठ १ गतेबाट लागू गरेको थियो । नयाँ नियममा ट्राफिक नियम मिच्नेलाई तिराइने जरिवाना एक्कासी २० प्रतिशतसम्म बढाइएको छ । जस अनुरुप साधारण कसुर गरेको अवस्थामा पनि ट्राफिकलाई कम्तिमा ५ सय तिर्नुपर्ने नियम छ । सडक सागुराे र सवारी साधनकाे चाप बढेकाेले सामान्य खालका गल्ती हरू नचाहदा नचाहदै हुने कुरा बताउछन ब्यबसायी हरू ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।