0 COMMENTS

 

 himani-3जेठ, १२काठमाडौं ।समाजसेवाको क्षेत्रमा क्रियाशिल हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व ५ श्री युवराज्ञी हिमानी गत आइतबार चीनको भ्रमणमा जानुभएको छ ।

चिनियाँ सरकारी निकायको निमन्त्रणमा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी उहाँले चीनमा सात दिन बिताउनुहुने बुझिएको छ ।

हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकर शमशेर राणालगायत सामेल हुनुभएको छ ।

केही अघि चाइना–नेपाल व्यापार संगठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उहाँले त्यसलाई स्वीकार गर्नुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।