0 COMMENTS

 

बढी नुनिलो, अचार वा धुवाँमा राखिएका खानेकुरा- बेकोन, ससेज, बोलोग्ना, सालमी जस्ता मासुमा उच्च मात्रामा फ्याट र नुन हुन्छ । अचारमा पनि नुनको मात्रा धेरै हुन्छ । यस्ता खानाले कोलोरेक्टल क्यान्सर र पेटको क्यान्सर हुन्छ ।

जुनसुकै डाइट- डाइटयुक्त खानेकुरा, चिस्याएको तथा प्याकेटमा राखिएको डाइटको लेबल दिइएको जुनसुकै खानेकुरामा कृत्रिम गुलियो प्रदान गर्ने अस्र्पाटेम नाम गरेको एसिड राखिएको हुन्छ । अस्र्पाटेमले क्यान्सर बनाउने विभिन्न अध्ययनले देखाएको छ ।

माइक्रोवेभ पपकोर्न- परम्पारगत माइक्रोवेभ पकर्कोन व्याग्समा पर्फुरोक्टानिक एसिड (पीएफओए) हुन्छ । युनिर्भसिटी अफ क्यालिफोर्नियाले गरेको हालैको एक अध्ययनले पीएफओएले महिलामा बाँझोपन ल्याउछ ।

नन अर्गानिक फलफुल- नन अर्गानिक फलफुलमा घातक विषादी जस्तै अर्टाजिन, थियोडिकार्ब, नाइट्रोज हुन्छ । अट्राजिनलाई युरोपेली मुलुकमा प्रतिबन्ध गरिएको छ । झार मार्न प्रयोग गरिने यस विषादीले मानिसको प्रजनन क्षमतामा ह्रास ल्याउछ ।

आलु चिप्स- आलु चिप्स फ्याट र क्यालोरियुक्त हुन्छ । यसले तौल पनि बृद्धि गर्छ । न्यु इंग्ल्यान्ड जर्नर अफ मेडिसियनको एक अध्ययन अनुसार हरेक दिन एक ओन्स आलु चिप्स खाँदा हरेक वर्ष २ पाउन्ड तौल बढ्छ । यसले कोलेस्ट्रोलको मात्रा बढाउछ । यसमा हुने सोडियमले उच्च रक्त चाप बढाउछ ।

मदिरा- सूर्तीपछि मदिर क्यान्सरको दोस्रो कारक तत्व हो । थोरै मात्रामा सेवन गरिने मदिरा स्वास्थ्यका लागि ठीकै मानिए पनि अत्यधिक मदिरा पिउदाँ मुटु विग्रने हुन्छ ।

डब्बामा बन्द गरी राखेको गोलभेंडाः डब्बामा राखिएका खानेकुरामा बिस्फेनोल–ए (बीपीए) मिसाइएको हुन्छ । उच्च एसिडिटीका कारण गोलभेडा उच्च मात्रामा खतरनाक हुन्छ ।

परिस्किृत मासु- प्राय सबै परिस्कृत मासुमा मिसाइने सोडियम, नाइट्रेटले मासुनलाई ताजा र बासनादार बनाए पनि यसमा क्यान्सर बनाउने तत्व हुन्छ । धुवाँमा पोलेको मासुमा अगार हुने भएकोले यस्तो मासु खानै हुँदैन ।

फार्म साल्मन- फार्ममा उत्पादन गरिएका साल्मनलाई खुवाईने भोजनमा रसायन, एन्टिाबायोटिक, विषादीयुक्त र अन्य क्यान्सरजन्य तत्व हुन्छ ।

कृत्रिम गुलियो- कृत्रिम गुलियो बनाउने आस्र्पटेम शरिरमा टुक्रा टुक्रा बनी घातक डीकेपी बन्छ । पेटले यस रसायनलाई प्रोसिस गर्दा यो क्यान्सर (विशेषत ब्रेन ट्युमर) बनाउने रसायन उत्पन्न गर्छ ।

उच्च रुपमा परिस्कृत र परिवर्तित सेतो पिठो- मिलले पिठोलाई झन सेतो बनाउन थालेका छन् । मिसिनमा उत्पन्न हुने क्लोरिन ग्याँस नामक रसायनले पीठोको रंग नै परिवर्तन गरिदिन्छ । क्लोरिन ग्याँस स्वास्थ्यका लागि गम्भीर हानिकारक मानिन्छ ।

बनस्पति तेल- प्राय सबै बनस्पति तेलमा ओमेगा ६ फ्याटी एसिड हुन्छ । अत्यधिक मात्रामा ओमेगा ६ फ्याटी एसिडले मुटुको रोग बढाउनुका साथै छालाको क्यान्सर निम्त्याउँछ । शरिमा ओमेगा ३ र ओमेगा ६ को राम्रो सन्तुलन हुनु आवश्यक छ । तसर्थ दिनहुँ ओमेगा ३ खानुहोस् ।

रातो मासु- रातो मासुले कोलोन क्यान्सरको खतरा बढाउछ । अमेरिकामा ५० देखि ७४ वर्ष उमेरका १ लाख ५० हजार मानिसमा गरिएको अध्ययनमा रातो मासु खानेमा कोलोन क्यान्सरको खतरा देखिएको थियो ।

सोडा- चिनियुक्त सोडाले तौल बढाई मोटोपनको महामारी निम्त्याउछ । चिनीयुक्त सोडा क्यालोरीको महत्वपूर्ण स्रोत हो जसले तौल बढाउनुका साथै मोटोपनको निम्त्याउँछ ।

प्रसोधित चिनि- प्रशोधित चिनिले पनि क्यान्सरको जोखिम बढाउने विभिन्न अध्ययनले देखाएको छ ।(हेल्थक्युरडटकमबाट)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।