0 COMMENTS

Prachanda-14जेठ ११, काठमाडौं | सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अवहेलना मुद्दामा जवाफ दिन तीन दिनभित्र उपस्थित हुन अादेश दिएकाे छ।

कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले दाहाललाई बोलाउने आदेश दिएको हो । दाहाल विरुद्ध जेठ ४ गते अदालत अवहेलना मुद्दा दायर भएको थियो । द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले जेठ ४ मा दाहाल बिरुद्ध रिट दायर गरेका थिए ।

दाहालले गत भदौ ५ गते अदालतलाई इंगित गर्दै ‘अदालतको जात के हो ?’ भन्ने अभिव्यक्ति दिएका थिए । दाहालले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्की दिँदै यस्तो अभिव्यक्ति दिएका थिए ।

निवेदकले दाहाललाई सर्वोच्च अदालत ऐन २०४८ को दफा ७ बमोजिम अदालतमा उपस्थित गराई हदैसम्म कारबाही गर्न माग गरेका थिए । उक्त दफाबमोजिम दाहाललाई एक वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनुपर्ने निवेदन दीइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।