जेठ ११, रुपन्देही । रुपन्देहीमा एक व्यक्तिले आफ्नी श्रीमती र भाइको हत्या गरेका छन् । दयानगर ५ चिल्हियाका ५८ वर्षिय बलराम पोखरेलले आफ्नै श्रीमती र भाईको हत्या गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय छपियाका अनुसार बलरामले आफ्नै श्रीमती ४५ वर्षिय कृष्णा पोखरेल र भाई ४८ वर्षिय चन्द्रकान्त पोखरेलको हत्या गरेका हुन् ।
बलरामले भाइ र श्रीमतीबिच शारीरिक सम्बन्ध रहेकाले हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।
बलरामले इट्टाले हानेपछि घाइते भएका कृष्ण र चन्द्रकान्तको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा राति नै ज्यान गएको हो । प्रहरीले तीनैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जनाएको छ ।
मृतक चन्द्रकान्त बुटवल १४ तामनगरमा बस्दै आएको र घर निर्माणको क्रममा दयानगर गएको बताईएको छ । उनको श्रीमती बैदेशिक रोजगारको क्रममा मलेसियामा रहेको प्रहरीले जनाएको छ ।