0 COMMENTS


raकाठमाडौं, १० जेठ ।
सरकारले विदेशमा ज्यान गुमाउने नेपाली कामदारको शव ल्याउन मुलुकको ध्वजाबाहक नेपाल बायुसेवा निगमको विमान प्रयोग गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारका अलपत्र शव ल्याउन पनि महिनौं लाग्ने समस्या हल गर्न वैदेशिक रोजगार प्रवर्धन बोर्डले निगमसँग छुट्टै सम्झौता तयारी गरेको छ ।

हाल बिभिन्न देशबाट काठमाडौं उडान भरिरहेका बजेट एवम् अन्य वायुसेवा कम्पनीका विमानले हतपत कामदारको शव बोक्न नमान्ने भएकाले विदेशमा ज्यान गुमाएका नेपाली कामदारको शव ल्याउन सरकारले अहिले निगमको विमान प्रयोग गर्ने तयारी गरेको श्रम मन्त्रालयले जनाएको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।