0 COMMENTS

barsaएेजेन्सी, जेठ १० । बार्सिलोनाले सेभियालाई परजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । बार्सिलोनाका लागि यो कोपा डेल रेको २८ औं उपाधि हो ।
आइतबार राति भएको खेलमा बार्सीलोना २-० ले विजयी भयो । खेलको ३६ औं मिनेटमा हेभियर मास्केरानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सा १० जनामा समेटियो ।निर्धारित समयको खेल गोलरहित बराबरीमा सकियो । अन्तिमतिर सेभियाका बानेगाले पनि रातो कार्ड पाए र दुबै टीम १० खेलाडीमा सिमित रहृयो ।थपिएको ३० मिनेटको खेलमा भने बार्सिलोना हाबी भयो ।

यसैको फाईदा उठाउँदै बार्सीलोनाका योर्डी अल्बाले पहिलो गोल गरे ।खेलमा केही सेकेण्ड मात्रै बाँकी छँदा बार्सीलोनाका नेयमारले एक गोल गरेपछि टोली २-० ले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।