0 COMMENTS

काठमाडौ १० जेष्ठ / आफू एनआनएनए अध्यष शेष घलेको छोरा भएको बताउदै अमेरिका पठाइदिने आश्वासन दिएर ठगि गरेको अभियोगमा प्रहरीले एक जनालाई पोखराबाट पक्राउ गरेको छ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ– तनहुँ मनपाङ २ सेराटार स्थायि भयर भएका २७ वर्षिय चित्रकुमार श्रेष्ठलाई वडा प्रहरी कार्यालय बैदामबाट पक्राउ गरेको हो ।

पक्राउ परेको श्रेष्ठले आकाश घलेको फेसबुक तथा भाइबर बनाएको पाइएको बैदामका प्रहरी निरीक्षक मोहनमणी अधिकारीले जानकारी दिए।

उनले फेसबुक र भाइबरमा केटी साथिहरु बनाएर शेष घलेको छोरा भएको बताउने गरेका थिए । त्यही बाहनामा ठगी गरेको पाइएको अधिकारीले बताए ।

आकास नाम बताउदै श्रेष्ठले आफु अमेरिकामा बस्दै आएको भनेर ढाट्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।