0 COMMENTS
11071133_423982551102896_5308552501946581300_n
कमला पाण्डे (याेग गुरू)

आज विश्वमा मानिसलाई स्वस्थ एवं दीर्घजीबी राख्न विविध प्रकारका पद्द्ती तथा औषधिहरु आविष्कार भैसकेकाछ्न, भैरहेकाछन।मानिसलाई आनन्द प्रदान गर्न धेरै प्रकारका भौतिक सुविधाजन्य वस्तुहरुको पनि पर्याप्त उपलब्ध छ। संसारमा दिन दुई गुणा रात चौगुणा नयाँ नयाँ प्रकारका रोगहरु देखा परिरहेका छन। फलस्वरुप मानिसहरु झन रोगले ग्रस्त बन्दै गइरहेकाछन । मानीसले जतिनै  बिलासीता तथा सुबिधाहरुको उपयोग गरे पनी कती मानिसहरुलाई त चार घण्टा राम्रोसंग निदाउन  नसाजन्य पदार्थ (alcohol,sleeping tablet) को सहारा लिनुपर्ने वाद्यात्मक परिस्थिती पनी रहेकाे एक तथ्यले बताउछ ।यति मात्र होइन आज संसारमा अधिकतम मानिसहरु विभिन्न प्रकारका मानसिक रोगहरुले पनि आक्रान्त बनिरहेकाछन ।

जसको कारण तनाव(stress), आत्माहत्या, सामाजीक अपराध जस्ता विकृतिले पनि विकराल रुप लिइरहेको हामी सबैलाई विदितै छ। यी यावत समस्याहरुबाट मुक्ती पाउन विश्वमा बिकसित राष्ट्रहरुका वैज्ञानिक,चिकित्सक, अन्वेशकहरु दीनरात खटिरहेकाछन तर समस्याले टसमस गरेको पाइदैन। सायद यहि कारणले हुन सक्छ कि वर्तमानमा संसारका मानिसहरु योगा,ध्यान,meditation भनी दौडधूप गरिरहेछन।जुन योगा, ध्यान meditation वैदिक सनातन परम्पराका भगवान शिव भोलेनाथ प्रदत्त योग विद्या जसलाई महर्षी पतन्जलिले स्थापित गर्नुभयो, पछि सदगुरु गोरखनाथ बाबाले परिष्कृत गर्नुभयो।  त्यही योग विध्याको परिधिभित्र नै बिकशीत भएको योगा आज पश्चिमा संसारमा सत्य सावित भएकोछ। तर दुर्भाग्य, हामी भने पश्चिमाद्वारा प्रतिपादित शुत्रमा आधरित रसायन औषधि माथी मात्र विश्वास गरेर हाम्रा भविष्यलाई अन्धकारतिर धकेलिरहेछौ(औषधि प्रयोग गर्नै नहुने भन्ने अर्थमा चाहिँ होइन)।13278115_609470592545275_366716967_n

“योगविद्या अर्थात योगा”हिमालय क्षेत्र(हिमवतखण्ड)मा बसोबास गर्नेहरुका पुर्वजद्वारा प्रतिपादित गरिएको हाम्रा पुर्वजको धरोहर हो।किनभने वैदिक सनातन मान्यतानुसार भारतवर्षको हिमवतखण्ड भन्नाले हाम्रो नेपाल लगायत तिब्बतियन खण्डको हिमाली भाग नै हो।त्यसैले त आरध्यदेव पशुपतिनाथ,भगवान शिवको शिरोभाग डोलेश्वर पनि हाम्रै नेपालमा बिराजमान छ। “योगविद्या” समस्त मानवहितको लागि उनै भगवान शिवले माता पार्वतीलाई दिनुभएको थियो।कालन्तरमा त्यही योगविद्यालाई पाणिनी शिष्य महर्षी पतन्जलिले योगशुत्रको रुपमा व्यवस्थित गर्नुभएको थियो।

 स्मरण होस कि विश्वको प्रथम व्याकरणाचार्य पाणिनिको जन्म पनि वर्तमान नेपालको अर्घाखाँची जिल्लामा भएको भन्ने पाइन्छ।त आज हामी यश क्षेत्र(हिमवतखण्ड)का मानवहरु, कस्तुरिमृग जस्तै आफ्नो नाभिमा भएको सुगन्धलाई पत्तो नपाएर चारैतिर दौडे झै रोग निवारण गर्न, विविध पद्दतिको खोजी गर्दै भौतारी रहेछौ। वर्तमानमा योगा(योगसुत्र) संबन्धमा सिमित मात्रमा भए पनि बाबा रामदेव कै कारण चासो बढेको चाहिँ सकारात्मक नै मान्नु पर्दछ।13151686_1021505004552479_997809107121314697_n

अहीले नेपालमा  याेग तथा प्राणायाम काे महत्व र दैनीक याेग गर्ने हरूकाे संख्या नीकैनै बढेकाे देखीन्छ यस्काे कारण नेपालमा बढदै गएकाे राेग हरू जस्तै चीनी राेग,उच्च रक्तचाप,दम,लगाएतका राेगहरू पनी हुन सक्छन ।नीयमीत रूपमा याेग गर्नाले यस्ता खालका राेगहरू नीकाे हुने र कुनै राेगहरूत नीर्मुलनै भएर जाने कुरा बताउनु हुन्छ कपन काे सिध्देश्वर मन्दिरमा दैनीक याेग संञ्चालन गर्दै अउनु भएका राम देब संग प्रशिक्षण लीएर याहाँ प्रशीक्षण गराउदै अाउनु भएका याेग गुरू कमला पाण्डे ।

हाल कपनमा रहेकाे उक्त याेग शीबीरमा बिहान ५ बजे देखी ६ बजे सम्म नीशुल्क याेग कक्षा सञ्चालन गरीदै अाएकाे छ । नीयमीत रूपमा बिहानै अाफु र अाफ्ना शिष्य सहित कपनकाे सिध्देस्वर मन्दिरमा बिहानकाे झुल्के घाम सगै हास्दै ,नाच्दै उपस्थीत हरूमा याेगका बिभीन्न अाषन हरू सिकाउदै अाउनु भएका गुरू  तथा स्थानीय समाज सेबी कमला पाण्डे भन्नु हुन्छ हामिले योगा, प्राणायामलाई अाफ्नाे दिनचर्यामा अनिवार्य बनाउन सके हामिमा विद्यमान बीभीन्न खाले  रोग, शोक र तनावबाट मुक्त हुने कुरामा कुनै शंका छैन । 13233334_609018802590454_710624087_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।