0 COMMENTS

13267746_1094549550616786_2399828409363542873_nकाठमाडौं, जेठ ८–पूर्वी नेपालको भ्रमणका क्रममा सिन्धुलीमाढी पुगेका ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने–‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले सबैको कुरा बुझेको बताउँदै भने–‘समय आउँछ ।

समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।शाहलाई सरकारको मुख्य घटक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । कडा सुरक्षाविच सिन्धुलीमाढी आफैले ड्राइभिङ गर्दै पुगेका पूर्वराजा ज्ञानेन्द्रले गाडीबाटै स्वागत ग्रहण गरेका थिए । झण्डै २० मिनेटको अनौपचारीक तर संक्षिप्त स्वागत ग्रहण गरेका थिए । स्वागतका क्रममा शाह गाडीबाट भने ओर्लीएका थिएनन् । सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले औपचारिक कार्यक्रम बिनानै पूर्वराजा आएको बताए । अन्नपूर्णले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।