0 COMMENTS

 

nepal_oil_corporationजेठ,८ काठमाडौं ।महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ पनि घटाउन दबाब परेन भने निगमले आगामी ४ महिनाभित्र सबै ऋण तिरिसक्ने छ ।

मेको पहिलो १५ दिनमा निगमले ६६ करोड रुपैयाँ पेट्रोलियम पदार्थको कारोबारबाट खुद मुनाफा आर्जन गरेको छ । अबको १५ दिनमा ४३ करोड मुनाफा हुने प्रक्षेपण पनि निगमको छ । यस आधारमा निगमलाई मे महिनामा मात्रै करिब १ अर्ब १० करोड मुनाफा हुने छ ।

‘आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पाक्षिक नाफा ४३ करोड ९ लाख रुपैयाँ प्रक्षेपण गरेका छौं,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने ।

आईओसीले १५र१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले नाफारघाटा समायोजन गर्दै आएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।