0 COMMENTS

13226640_264495320572363_7168573535200631801_nकाठमाडौं, ७,जेठ  /१० माओवादी घटकले एकता घोषणा गरेको एक दिन पछि अाज नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले प्रचण्ड र बाबुरामले माओवादी छोड्दैमा माओवादी नसकिने उद्घोष गरेका छन् । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरुद्वारा ‘समानान्तर सत्ता’ संचालन गरेको दावी गरेका छन् ।

आज राजधानीमा शक्ति प्रर्दशन गर्दै आफ्नो ‘जनअदालत’ले प्रधानमन्त्री केपी ओलीको घरमा ‘पक्राउको म्याद’ टाँस्ने बताए ।‘उता केपी ओलीको नेतृत्वमा सरकार सञ्चालन छ । यता सन्तोष बुढाको नेतृत्वमा हामीले सरकार बनाएका छौं । उता सभामुख ओनसरी घर्ती छिन । यता उमा भूजेल जनताका प्रतिनिधिको सभामुख छिन । जनअदालत खडा गर्दैछौं’, विप्लवले सभालाई सम्बोधन गर्दै भने ।13238918_264495290572366_3033041462730456824_n
दश माओवादी एकता भएको भोलीपल्ट विप्लवले भारतले काठमाडौं खेलाउन चाहेकाले मधेसप्रति उ नरम नभएको विप्लवले टिप्पणी गरे । ‘मुलुकका लागि धार्मिक र जातीय युद्ध खतरनाक भएकाले त्यसबाट बँचेर आन्दोलन सञ्चालन गर्नुछ । देशभक्तिहरुको आन्दोलनका लागि माओवादी तयार छ’, उनले भने– ‘धर्मले मुलुकलाई केही दिन्न । यहाँ जाति जाति, मधेसी, पहाडीबीच लडाउने खेल भएको छ । यसका विरुद्ध माओवादी देशभक्तिपूर्ण आन्दोलन गर्न तयार छ ।’
सिमसिम पानी परिरहेको बेला  ।  उनकाे १ घन्टा लामो भाषणमा आफूहरु मुठ्ठी र आवाजबाट लड्ने कुरा  बताए  उनले भने ‘हाम्रा लागि हतियार प्रमुख होइन । हाम्रो मुठ्ठी, आवाजबाट लड्ने हो । प्रतिक्रियावादीहरुको पुरानो सत्तालाई बन्दुकले स्थापित गर्न सक्दैन’, उनले भने ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।