अन्ततःभगवान बुद्धले शरीर छाड्ने दिनआयो । यो खबर सुन्ने वित्तिकै चालीस वर्ष देखि सँगै बसेका शिष्यहरु रुन–कराउनथाले । खासगरी बुद्धका सबै भन्दा नजिक रहेर लामो समय बुद्धसँग हिडेका शिष्य आनन्द हायल कायल भए । पिडाले छटपटाउन थाले ।उनीरुन थाले । बुद्धले विस्तारै आँखा खोल्दै भन्नुभयो– “नरोऊ ।किन रोएको त्यसरी ?यतिकावर्षसम्म के तिमीले मलाई सुनेनौ ?
आनन्दले आँशु झार्दै भने–“प्रभु कसरी मन थामौं हजुरले हामीलाई छाडेर जाँदै हुनुहुन्छ । अब हाम्रो ज्योति निभ्दै छ । म यतिकावर्षसँग हजुरको साथमा छाँया जसरी रहें तर अझ सम्म पनि‘मुक्त’हुन सकेको छैन । झन हजुरले हामीलाई छाडेर गएपछि हाम्रो हालत के होला ।
मैले चारै तिर निष्पट्ट अध्याँरो हामीतिर खस्दै गरेको देखिरहेको छु ।अनन्द, मैले धेरै पटक भने मलाई राम्ररी सुन भनेर तर आज सम्म तिमीले मलाई सुनेनौ ।बुझेनौ । ऊ त्यहाँगएर हेरत मन्जु श्री लाई । ऊ किन रोहीरहेको छैन ? बुद्धले नजिकै रुखको फेद मुनी आँखा बन्द गरेर शान्त एवं प्रसन्न रुपमा बसी रहेका उनका अर्का प्रिय शिष्य मन्जु श्री तर्फ देखाउँदै भन्नुभयो ।आनन्द मन्जु श्री को नजिकै पुगी कारण सोध्छन् । जवाफमा मन्जु श्री भन्छन–किन रुनु ? के कारण छ र रुन ?
भगवानले मलाई मेरो प्रकाश देखाइ दिनु भएको छ । म सँग मेरो आफ्नै प्रकाश छ । मैले जताततै उज्यालो मात्र देखिरहेको छु । म भगवान प्रति कृतज्ञ छु । मलाई म मर्दीन भन्ने थाहा छ । झन भगवान त कसरी मर्नुहुन्छ र ?उहाँ सधै हामी सँगै रहनुहुनेछ । एउटा खोला समुन्द्रमा गएर विलाएझै उहाँपनि यो व्रहमण्डमा विलिन हुनुहुनेछ । उहाँ यो व्रामण्डको कण कण हुनुहुनेछ । हिजो सम्मभगवान शरीरमा मात्र सीमित हुनुहुन्थ्यो तर अब विशाल रुपले फैलनु हुनेछ । हामी लाई उहाँको सितल छहारी सधै मिलिरहने छ ।
त्यसकारण किन रुनु?उहाँले खाली शरीर मात्र छाड्दै हुनुहुन्छ । बाँकी त सबै रहनेछ । त्यसको लागि आत्मलाई चिन्नु पर्छ । मैले उहाँलाई सुने र आफ्नो आत्मलाई चिने । तिमीले सुनेनौ उहाँलाई र आत्मलाई चिन्न सकिरहेका छैनौ त्यसैले तिमी रोही रहेका छौ । मन्जु श्री ले कुरो लाई खुलस्तपारे । केही छिनमा बुद्धले “अप्पदिपो भव”भन्नु भयो अनि आँखा बन्द गरी शरीरलाई छाडी अनन्त व्रमाण्डमा विलिन हुनुभयो ।
२५५६ औं वर्षअघि यो धर्तीमा अवतरण भएका भगवान बुद्धले दिएको अन्तिम उपदेश हो ‘अप्पदिपो भव’ । केही समय अघि हामीले बुद्ध पूर्णीमा मनायौं । अब गुरु पूर्णीमा आउँदैछ । यि दुइ वहुमुल्य अवसरको विचमा गुरुकाथुप्रै कुरा मनमाआए । त्यसैलाई उतार्ने प्रयास गर्दैछु यसपटक । मैले सुनेका बुद्धका अनगिन्तीअनमोल उपदेशहरु र मेरा आफ्ना गुरु हरुले सुनाउनु भएको ज्ञानमय वाणीहरु मेरो लागि अत्यान्तै अनमोल भएका छन् । त्यसैको आडमा जीवनले गति पाएको छ । खासगरी अन्तिम समयमा भगवान बुद्धले दिनुभएको उपदेशले झनै मन छोयो । माथि प्रस्तुतगरिएको भगवान बुद्ध र उनको शिष्य आनन्द विचको मार्मिक संवादले जोकोही को पनि मन छुन सक्छ । बुद्धले अन्तिम समय दिनुभएको उपदेश ज्यादै महत्वपूर्ण छ । हामी, प्राय धेरै मानिसहरु, अरुकै उज्यालोमा हिडिरहेका हुन्छौं ।
हामी अरुकै उज्यालो मा वाँची रहेका हुन्छौं । त्यसैमा रमाउँछौं । अनि जुन दिन त्यो उज्यालो निभ्छ वा हामीबाट टाढा हुन्छ त्यस पछि हामी टुक्रिन थाल्छौं । जीवन हठात अध्यारो गुफामा प्रवेश गर्दछ । हामीले बाटो हराउँछौं अनि निराशामा रुमल्निछौं । अर्काको उज्यालो मा मात्रबाँच्द सधैं सबैलाई यस्तै हुन्छ । झन बुद्धको उज्यालो मा बाँचेका आनन्दलाई कस्तो भयो होला?त्यसकारण जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा आफ्नै उज्यालो निर्माण गर्नु हो । आफुलाई प्रकाश मय बनाउनु हो । गुरुको साथ छँदै यो अवसरलाई प्रकाश निर्माण गर्ने कार्यमा लगाउनु पर्छ । त्यसैले बुद्धले भन्नुभयोआफ्नै प्रकाशमा बाँच । के हो त त्यो प्रकाश ? निश्चित रुपमा प्रकाश भनेको आत्मज्ञान हो । एउटा त्यस्तो ज्ञान जसले आफुलाई चिनाउन मद्दत गर्छ । हामी धेरैको समस्य भनेको नै आफुलाई चिन्न नसक्नु हो ।
हामीहरु त्यो कस्तुरी हौ जो आफ्नो शरीरबाट प्रस्फुठित भइरहेको सुगन्ध चिन्न नसकेर वन वन सुगन्धको खोजमा तडपिन्छ र जीवनलिला समाप्तपार्दछ । मानिसहरुलाई अरुको बारे धेरै कुरा थाहा हुन्छ तर स्वयं आफ्नै बारेमा धेरै कमथाहा हुन्छ । कसैले पल्लो घरको मसिने कस्तो मान्छे हो भनेर उसको छिमेकीलाई सोध्यो भने त्यो छिमेकीले मसिनेको तिनपुस्ताको लेखा जोखा गरिदिन्छ । तर उसलाई आफ्नो पुस्ताको केही थाहा हुँदैन ।थुप्रै मानिसलाई आफ्नो पहिरन,लगाउने शैली, वोल्ने शैली, आनीवानी, स्वास्थ, भित्री ज्ञान लगायत धेरै कुरा एकदमै कमथाहा हुन्छ । त्यहीभएर अस्वास्थय, निराशा र असफलताले घेर्छ ।
जुन दिन हामी लाई आफ्नो स्वास्थको होस हुन्छ हामी एकदमै स्वस्थ प्रिय खानामात्र खान्छौं । पक्कै पनि जथाभावी, जसरी पायो त्यसरी, जहिले पायो तैले केही खाँदैनौ । एउटा विद्यार्थीलाई आफ्नो अध्ययन कस्तो छ भनेर ख्याल हुने हो भने ऊ जिन्दगीभर कहिले फेल हुँदैन । एउटा शिक्षकलाई आफुले कस्तो पढाउछु, विद्यार्थीले कसरी लिएका छन् भन्ने ख्यालभयो भने ऊ सबैभन्दा प्रभावशाली र प्रिय शिक्षक बन्न सक्छ । प्रगतीको जरो भनेको आफुलाई चिन्नुमा रहेछ । र त्यसैलाई बुद्ध ले आफुलाई प्रकाश मय बनाउ भन्नु भएको हो । बुद्धले त मोक्ष प्राप्त का लागि आनन्दलाई यो सन्देश दिनुभएको हो । तर हामी संसारीक जीवन यापन गरिरहेका हरुलाई पनियो सन्देश उत्तिकै अर्थपूर्ण छ ।
हामीले आफुलाई चिन्ने प्रयाश गर्यौं भने पक्कै पनि जीवन शान्त, स्वास्थ र संवृद्ध हन्छ ।अरुलाई चिन्ने काम बन्द गरेपछि यसै तनाव घट्छ । हामी अरुलाई बढी चिन्ने प्रयास गछौं अनि जानी जानी तनावको जल थलमा फस्छौं । बुद्धले अन्तिम समयमा दिनुभएको यो वहुमुल्य उपदेश लाई मनन गरौं । हामी सबैले जानेवुझेका ज्ञानलाई बाँढीचुडी लिदै, हातेमालो गर्दै,आफ्नो प्रकाश निर्माण गर्ने महा यात्रामालागौं । पक्कै पनि कसैको विछोडमा आनन्द झै हामीले विलौना गर्नु पर्दैन । हामी मन्जुश्री झै ढुक्क भएर आनन्द पूर्वक बाँच्न सक्छौ । हाम्रो प्रयास मन्जुश्री बन्ने हुनुपर्छ ।
विवेक विनयी
प्र.अ. जुगल इङ्लिस मिडियम स्कूल