0 COMMENTS

Sashanka-Koiralaदाङ, ७ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए । अहिलेको संविधान परिवर्तनीय भएकाले विवादित कुरालाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने कोइरालाको भनाइ थियो ।
‘८० प्रतिशत हिन्दू भएको देशलाई धर्मनिरपेक्ष कसरी घोषणा गर्न सकिन्छ, यसले पछि द्वन्द्व निम्त्याउने खतरा हुन्छ, यसलाई समयमै जनमत सङ्ग्रह वा जनताको भावनाअनुसार निर्णय गर्नुपर्छ’, कोइरालाले भने ।
अतिवादी शक्ति विभिन्न बहानामा अस्थिरता निम्त्याउन लागेको भन्दै त्यसो हुन नदिन पनि बेलैमा समस्याको समाधान गर्नतर्फ दलहरु लाग्नुपर्ने कोइरालाको तर्क थियो ।
त्यस्तै, कोइरालाले ओली सरकार धेरै दिन टिक्न नसक्ने दाबी समेत गरे । कोइरालाले काँग्रेस सरकार गिराउने खेलमा नलाग्ने भन्दै रचनात्मक प्रतिपक्षको भूमिका आफूहरुले खेल्ने बताए । ‘सरकार गिराउने खेलमा काँग्रेस लागेको छैन, यो सरकार आफैँ गिर्छ, कसैले गिराउनु पर्दैन’ कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।