0 COMMENTS

 1463568311_mangoजेष्ठ ६, जनकपुरधाम / खडेरीका कारण यस वर्ष धनुषामा दुई अर्ब ६७ करोड १९ लाख बराबरको आँप, लिची, खरबुजा, मुङ्गको दाल तथा वर्षे तरकारी नष्ट भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार लामो समयसम्म पानी नपर्दा यस वर्ष ५५ प्रतिशतले आँप उत्पादनमा ह्रास आएको छ । किसानले २७७१ हेक्टर क्षेत्रफलमा आँप लगाएकोमा ३१ हजार ७९४ मेट्रिक टन उत्पादन भएको छ । हावाहुरी, पानीको अभाव र सुक्खा मौसमको कारण ६१ करोड १९ लाखको १७ हजार ४८६ मेट्रिक टन आँप नष्ट भएको योजना अधिकृत सुरेन्द्र गोइतले जानकारी दिए।

यसैगरी ३५० हेक्टर क्षेत्रफलमा एक हजार ६८० मेट्रिक टन लिची उत्पादन हुने अनुमान गरिए पनि ४५ प्रतिशतले उत्पादनमा ह्रास आएको छ। ३४ करोड बराबरको ७५६ मेट्रिक टन लिची नष्ट भएको छ भने ५४५ हेक्टर क्षेत्रफलमा रहेको खरबुजाको उत्पादन ७ हजार ८८५ मेट्रिक टन हुनुपर्नेमा १५ प्रतिशतले ह्रास आएको छ । १६ करोड बराबरको एक हजार ६५ मेट्रिक टन खरबुजा नष्ट भएको छ ।

यसैगरी दहलहन बालीअन्तर्गत एक हजार ५३ हेक्टर क्षेत्रफलमा मुङको दाल लगाएकोमा एक हजार १५८ हेक्टर उत्पादन हुनुपर्नेमा ८६ करोड बराबरको ७१७ मेट्रिक टन नष्ट भएको छ । यसैगरी किसानले एक हजार ९०५ हेक्टर क्षेत्रफलमा वर्षे तरकारीखेती गरेकोमा २३ हजार २०४ मेट्रिक टन उत्पादन हुनुपर्नेमा १० प्रतिशतले क्षति भएको छ । ७० करोड मूल्य बराबरको दुई हजार ३२० मेट्रिक टन वर्षे तरकारी नष्ट भएको बताइएको छ ।

आँप, लिचीलगायतका फलफुल, तरकारी नष्ट भएपछि व्यापारीले सीमावर्ती भारतीय बजारबाट आयात गरेर स्थानीयवासीको माग पुरा गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।